नुवाकोटमा असिनाबाट तीन करोडको क्षति
नुवाकोट, कार्तिक २०– धान भित्र्याउने मौसममा आएको असिनाबाट नुवाकोटमा तीन करोड रुपैयाँ बराबरको क्षति भएको छ । गत साता शनिबार राति आएको असिनापानीबाट सङ्कंलनपछि तरकारी बाली, धान, सुन्तला, आलु, कोदोमा क्षति पुगेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लाभरमा ५ सय हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको बालीनालीमा क्षति पुगेको कार्यालयका प्रमुख डा.कमलराज गैरेले जानकारी दिनुभयो […]