Togel Online
Rokokbet
For4d
Toto Slot
Nana4d
Nono4d
Shiowla
पोखराको सराङ्कोटबाट प्याराग्लाइडिङमार्फत आकाशमा उड्ने तयारी गर्दै पर्यटक । कम्पनीले सस्तो प्याकेज उपलब्ध गराएपछि खुलेको मौसममा पोखरामा अहिले प्याराग्लाइडिङ गर्ने पर्यटकको सङ्ख्या बढेको छ । तस्बिरः जमुनावर्षा शर्मा÷रासस
कोरोना संक्रमणका कारण रत्नपार्क घण्टाघरको सडकखण्ड बडादशैंको अवसरमा चहलपहल हुनुपर्ने बेला सडक सुनसान छ । तस्वीर ः रामलाल श्रेष्ठ, रासस
डोटीको बोगटान फुड्सिल गाउँपालिकामा पुरानो परमपरा कोलुबाट तोरी पेलेर तेल निकाल्दै महिला । यहाँका गाउँघरमा अहिले पनि परमपरागत कोलुबाट तोरी पेलेर तेल तथा उसु पेलेर खुदो निकाल्ने चलन कायमै रहेको छ । तस्वीर ः विमलबहादुर विष्ट, रासस
पर्वत र बाग्लुङ जिल्ला जोड्न विश्वकै लामो दाबि गरिएको झोलुङ्गे पुल । ५६७ मिटर लामो उक्त पुल सञ्चालनमा आएपछि पर्वत पाङबासीलाई ओहोरदोहोर गर्न सहज भएको छ । तस्वीर ः जमुना वर्षा शर्मा, रासस
निर्माणाधीन राष्ट्रिय गौरवको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको हालसम्म ६४ प्रतिशत काम सकिएको छ । कोरोना कहर तथा बन्दाबन्दीका बीचमा समेत विमानस्थललाई बन्द गरेर आयोजनाको काम भइरहेकामा हालसम्म ‘एयर साइड’ तथा ‘ल्याण्ड साइड’ दुवैतर्फ गरी समग्रमा सो प्रतिशत बराबरको काम सकिएको पोखरा क्षेत्रीय विमानस्थल आयोजना कार्यान्वयन एकाइका प्रमुख इञ्जीनियर विनेश मुनंकर्मीले बताउनुभयो । सत्तारुढ नेपाल कम्युनिष्ट […]
मकवानपुर जिल्लाकाे कुलेखानी आसपास देखियकाे रमणीय दृष्य
काेराेना भाइरस (काेबिट १९)काे महामारीले सृजना गरेकाे सन्नाटा दा्सा्े चरणको बन्दा बन्दिकाे १६ दिनमा बिहान ८:०० बजे देखिएको रत्नपार्क, भद्रकाली र शहिदगेटकाे दृश्य ।
कोरोना भाइरसको प्रभाव नेपालमा दिन प्रतिदिन बढ्दै गएको छ । नेपाल करिब ४ महिनाको लकडाउनको सामना गर्दै अहिले निषेधाज्ञाको पनि हप्तादिन पार गर्दै दोस्रो हप्तामा चलिरहेको छ । आम नागरिकको दैनिकी दिन प्रतिदिन झन कष्टकर बन्दै गएको छ । सरकार राहतका कार्यक्रममा भन्दा पनि आफ्नो पाटीको विवाद मिलाउनमै ब्यस्त छ । अन्य दिनहरुमा सातदोबाटो निकै […]
सदरमुकाम खलंगामा रहेको सिटिजन्स बैंकमा सेवाग्रहीलाई बस्नका लागि ठाउँ नहुँदा कोचाकोच सेवा लिँदै । तस्वीर ः हेमन्त केसी, रासस
कोभिड–१९ को सङ्क्रमणबाट बच्न र बचाउन ‘मास्कको प्रयोग अनिवार्य गरौँ’ अभियान बिहीबार विदुर–४ मा सञ्चालन गर्दै जिल्ला प्रहरी कार्यालय नुवाकोट । अभियानअन्तर्गत मास्क लगाउन अनुरोध गर्दै सार्वजनिकस्थलमा हिँड्डुल गर्दा नलगाए कारबाहीस्वरुप प्रहरीले रु १०० जरिवाना तिराउँदै आएको छ । तस्वीर ः रामहरि न्यौपाने ÷रासस
अविरल वर्षका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६, चार किलोमा खसेको पहिरो । पूर्ण रुपमा अवरुद्ध भएको सडकको पहिरो पन्छाइँदै । तस्वीरः कृष्ण आचार्य÷रासस
पृथ्वी राजमार्ग अन्तर्गत पोखरा भित्रिने मुख्य नाकामा रहेको विजयपुर खोलाको जीर्ण पुल मर्मत गर्दै मजदुरहरु । पुल जीर्ण हुँदा तत्काल बेलिब्रिज निर्माण गरेर आवागमन सहज बनाइएको थियो । जलप नेपाल प्रालिले रु एक करोड ३९ लाखमा मर्मत कार्यको जिम्मा लिएको उक्त पुलको हाल ५० प्रतिशत मर्मतको काम सम्पन्न भएको छ । तस्वीर ः जमुनावर्षा शर्मा÷रासस
स्वस्थ र फूर्तिलो बन्नका लागि पोखरा महानगरपालिका– ६ कुमागाने पार्कस्थित फेवातालको किनारमा योग गर्दै विदेशी नागरिक । विदेशी नागरिकको पहिलो रोजाईमा पर्ने फेवा किनार घुम्न र तस्वीर खिच्नकै लागि मात्र नभएर योग ध्यान गर्न पनि फेवा किनार पुगेकै हुन्छन् । विदेशीसँगै आन्तरिक पर्यटकको रोजाईमा पर्ने यस स्थान जाडोमा घाम ताप्ने र गर्मीमा शीतल बस्न आउनेको […]
अनियन्त्रितरुपमा घर टहरा बनाउनेलाई कारर्वाही गर्ने निकाय नहुँदा धार्मिक एवं पर्यटकीय महत्वको प्रसिद्ध कालिञ्चोक मन्दिर क्षेत्र कुरुप र अव्यवस्थित हुँदै गएको छ । तस्वीर ः दीपशङ्कर चौलागाई, रासस
कोरोना भाइरसको पर्वाह नगरी विदेशी पर्यटक शुक्रबार पोखराको फेवातालमा डुङ्गा सयर गर्दै । तस्वीरः राधिका कँडेल/रासस
फ्रान्सको राजधानी पेरिसमा रहेको आइफल टावर अगाडि सडकमा विभिन्न उपहारका सामाग्री वेच्न बसेका सडक व्यापारी । विश्वकै अग्लो टावर आसपास क्षेत्रमा आएका पर्यटकलाइ उपहार बिक्री गर्न प्राय काला वर्णका मानिस देख्न सकिन्छ । तस्बिर ः प्रदीपराज वन्त,रासस (पेरिसबाट फर्किएर )
तनहुँ, सदरमुकाम दमौलीस्थित जिल्ला कारागार परिसरमा निर्माण गरिएको महिला बन्दी गृह । कार्यालयको भवन,सुरक्षा ब्यारेक र महिला बन्दीगृहको भवन रु छ करोड ४४ लाखको लागतमा निर्माण सम्पन्न भएको छ । तस्वीर ःसानेबहादुर नेपाली / रासस
राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार छठ पर्वको अवसरमा काठमाडौँको कमलपोखरीमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिनुहुँदै । तस्बिर ःप्रदीपराज वन्त