• होमपेज
  • समाचार
  • मेगा बैंकको नाफा बृद्धि

मेगा बैंकको नाफा बृद्धि

  • आइतवार, माघ १४, २०७४
मेगा बैंकको नाफा बृद्धि

 

मेगा बैंक नेपाल लिमिटेडले दोस्रो त्रैमासिक अवधिमा मुनाफा ह्वात्तै बढाएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिको तुलनामा दोस्रो त्रैमासिकमा मेगा बैंकले हवात्तै नाफा बढाएको छ । बैंकका अनुसार, पहिलो त्रैमासिक अवधिमा ८ करोड ११ लाख मात्र खूद मुनाफा गरेको मेगाले पौष मसान्त सम्ममा ३९ करोड ३६ लाख रुपैँया कमाएको छ, जुन ३८५ प्रतिशतको वृद्धि हो ।

दोस्रोे त्रैमासिक अवधिमा बैंकको निक्षेप ६ अर्ब १८ करोड रुपैँयाले वृद्धि भएको छ भने कूल कर्जा ५ अर्ब ४८ करोड रुपैँयाले बढेको छ । अघिल्लो त्रैमासिक अवधिमा यी दुबैमा बैंकको वृद्धि १ अर्ब भन्दा कम रहेको थियो । बैंकको निस्क्रिय कर्जा पनि घटेर १ प्रतिशत भन्दा कम रहेको छ ।

६५ प्रतिशतको हकप्रद शेयर यसै त्रैमासिक अवधिमा बाँडफाँड भएका कारण बैंकको चुक्ता पुँजीमा पनि उल्लेख्य वृद्धि भएको छ । जसले बैंकको प्रतिशेयर आम्दानी अनुपातलाई प्रतिकूल असर गरेता पनि खूद मुनाफामा भएको उल्लेख्य वृद्धिले अघिल्लो त्रयमासको ६.८८ प्रतिशतको तुलनामा यो त्रयमासमा प्रति शेयर आम्दानी १०.६४ प्रतिशत कायम भएको छ ।

सि.नं. विवरण असोज मसान्त २०७४ पौष मसान्त २०७४ वृद्घि वृद्घि प्रतिशत
निक्षेप 39,394 45,574 6,180 16
कर्जा 35,249 40,768 5,518 16
निश्कृय कर्जा अनुपात 1.67 0.96 -0=71_ -43_
पुँजीकोष अनुपात 14.51 18.52 4.01 28
आरओई 5.38 12.36 6.98 130
आरओए 0.65 1.54 0.89 137
प्रतिशेयर आम्दानी 6.88 10.64 3.76 55
खूद नाफा 81,192 393,649 312,456 385
चुक्ता पुँजी 4,582,313 7,376,743 2,794,430 61

रकम रु. हजारमा

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा