• होमपेज
  • समाचार
  • आईपीएल अक्सन : पहिलोपटक नेपाली क्रिकेटर आइर्पीएलमा

आईपीएल अक्सन : पहिलोपटक नेपाली क्रिकेटर आइर्पीएलमा

  • आइतवार, माघ १४, २०७४
आईपीएल अक्सन : पहिलोपटक नेपाली क्रिकेटर आइर्पीएलमा

 

इंडियन प्रिमियर लिग (आईपीएल)को अक्सन(लिलामी)मा टी–ट्वान्टीमा चलेका वेस्ट इन्डिजका ब्याट्सम्यान क्रिस गेललाई कुनै टिमले किनेनन् । श्रीलंकाली तेज गतिका बलर लसिथ मालिङ्गामा पनि कसैले चासो देखाएनन् । जहाँ इंग्ल्याण्डका बेन स्टोक्स सर्वाधिक मूल्यमा बिकेका छन् ।

शनिबार सुरू भएर आइतबारसम्म चल्ने लिलामीमा ३६० भारतीयसहित ५७८ खेलाडी बिक्री सूचीमा समावेश हुनेछन् । जसमा पहिलोपटक नेपाली क्रिकेटर सन्दीप लामिछाने परेका कारण पनि नेपालमा यो सिजनको आईपीएल महत्त्वपूर्ण भएको छ । सन्दीपको सुरूवाती मूल्य २० लाख भारतीय रुपैयाँ रहेको छ ।

बिकेनन् गेल र मालिंगा

२ करोड सुरुवाती बोली लागेका स्टोक्सलाई राजस्थान रोयल्सले १२ करोड ५० लाख भारतीय रूपैयाँमा किनेको हो । २ करोड नै सुरूवाती मूल्य भएका गेल भने कुनै टिमको रोजाइमा परेनन् । आईपीएलको १० वर्षे इतिहासमा सर्वािधक रुचाइएका ब्याटस् म्यान गेल साथै सर्वाधिक रुचाइएका बलर मालिङ्गा हुन् ।

मालिङ्गाको सुरुवाती मूल्य एक करोड भारतीय रुपैयाँ थियो । यस्तै इंग्ल्याण्डका कप्तान जोय रुट पनि शनिबारको लिलामीमा बिकेनन् । न्यूजिल्याण्डका मार्टिन गुप्टिल साथै दक्षिण अफ्रिकाका हासिम अमलालाई पनि कुनै टिमले लिएनन् ।

भारतीय खेलाडीमा महंगो मूल्य लोकेश राहुल र मनिष पाण्डेले पाए । राहुललाई ११ करोड भारूमा किंग्स इलाभेन पञ्जाबले किन्यो । यस्तै पाण्डेलाई ११ करोड भारूमै हैदराबादले किनेको छ ।

लिलाममा विकेका केही खेलाडीहरुको सूची यसप्रकार छ:-

Facebook Comments

सम्बन्धित समाचार