• होमपेज
  • समाचार
  • शालीनदी मेलामा चौतर्फी ब्रम्हलूट

शालीनदी मेलामा चौतर्फी ब्रम्हलूट

  • आइतवार, माघ १४, २०७४
शालीनदी मेलामा चौतर्फी ब्रम्हलूट

 

उपत्यकाको पूर्वी भेगस्थित शंखरापुर नगरपालिका १३ मा रहेको शालीनदी श्रीस्वास्थानी ब्रत मेलाको अवसर पारेर दर्शनार्थी र सर्वसाधारणमाथि ब्रम्हलूट मच्चिएको छ ।

मेलामा जानेहरुको लागि यातायातको ठूलो समस्या छ । रत्नपार्कबाट भद्रवास, डाँछी, आलापोट, गागलफेदी, साँखु र जहरसिंहपौवालगायत क्षेत्रको यातायातमा एकाधिकार जमाएको साँखु बस व्यवसायी संघका सवारी साधन ‘रुट परमिट’ अनुसार नचली ‘रिजर्भ’ जाँदा यात्रु सडकमा अलपत्र बन्न बाध्य भए ।

मेलामा आउन घटौँ सवारी साधन कुरेर बस्दा पनि पाउन नसकेको, रत्नपार्कबाट साँखुको सवारी साधन पाउन मुस्किल भएको जस्ता समस्या भएको र आफ्नो सवारी साधान लिएर जाँदा पनि अनेक समस्याहरु भोक्ग्नु परेको मेला भर्न आएकाहरुको गुनासो छ ।

शालिनदी जाने सवारी साधानहरु चावहिलसम्म मात्र आउने र फेरी शालिनदी तफै फकिर्ने गर्दा पनि यस्ता समस्याहरु देखा परेका हुन् । साँखु बस व्यवसायी संघ अन्तर्गतका सवारी साधनहरु शनिबार वा अलि बढी चापका बेलामा यात्रुलाहरुलाई चावहिलसम्म मात्र सेवा दिने गरेको र अरु समय भन्दा यो समय साविक भाडादर भन्दा दोब्बर लिने गरेको एक सेवाग्राहीले बताए ।

साँखु शालिनदीबाट चाबहिलसम्मको भाडा रु २७ तोकिए पनि बसहरुले रु ४० घटी लिन नमानेको यात्रुहरुको दाबी छ ।
साँखुमा लाखौँको संख्यामा यात्रु आएकाले सबैलाई सहज होस् भनेर साँखु–चाबहिलसम्म मात्र यातायात सञ्चालन गरिएको व्यवसायीहरु
बताउदै आएका छन् । यो कहाँसम्मको जायज कुरा हो । सेवा र सुविधा दिने भनी रुट व्यवस्थापन गरी गाडी चलानउने अनुमती लिएका व्यवसायीहरुले आफेनो जिम्मेवारीलाई व्यापारसँग सम्झौता गर्नु कहाँ सम्मको उचित हुन्छ ।

यात्रुहरुलाई सहज बनाउने भन्दै छोटो दुरीको १२० वटा बसहरु सञ्चालन गरेको दाबी गर्ने व्यवसायीहरु घन्टौ कुर्दा पनि बस नआउने र साँखु बसपार्कमै चावहिलसम्म जाने र भाडा ४० रुपैया लाग्ने भन्दै दादागिरी देखाउने चालक सहचालकहरु र यस्तो काम भएको जानकारी प्राप्ता हुँदा पनि कानमा तेल हालेस बस्ने सम्बन्धित निकायले सर्वसाधारण माथि सरासर लुटतन्त्र नै मच्चाइरहेका छन् ।

साँखु शालिनदी क्षेत्रमा मेलाको अवसरमा खुलेका होटलहरुले पनि सर्वसाधारणहरुलाई उस्तै किसिमले लुटिरहेका छन् । खानेकुरा अत्याधिक महँगो मूल्य असुलेको बनेपाबाट आउनुभएका भक्तजन रामचन्द्र श्रेष्ठले बताए ।

मेलाकै अवसरमा राखिएका तयारी पोशाक एवं अन्य सामग्रीका पसलले पनि बजार भाउभन्दा बढी नै मूल्य लिने गरेको उपभोक्ताको भनाइ छ । आफैँ सवारी लिएर जाने यात्रुलाई पार्किङ शुल्कका नाममा मनलागी पैसा उठाइएको छ ।

यसरी पबित्र धार्मिक स्थलमा भएको आर्थिक माफियाहरुको चलखेलले गर्दा बद्नाम भइरहेको छ । यसमा सम्बन्धित निकायको ध्यान कहिले जाला । यसरी बर्षमा एक पटक हुने मेलामा देशका विभिन्न स्थानहरुबाट आउने तिर्थालुहरुलाई हरेक वर्ष यसरीलै लुटिएको छ । यो मेलालाई व्यवस्थित बनाउने नाममा आर्थिक माफियाहरुको ठुलो चलखेलनै हुने गरेको छ । यसमा सम्बन्धीत पक्षको बेलैमा ध्यान जानु जरुरी छ । नभए आउदा बर्षहरुमा शालिनदी मेलामा जाने तिर्थालु तथा मेला हेर्न र घुम्न जानेहरुको संख्या घट्दै जानेछन् ।

Facebook Comments

सम्बन्धित समाचार