• होमपेज
  • समाचार
  • ज्योतिको मुनाफा १४ करोड

ज्योतिको मुनाफा १४ करोड

  • मङ्लबार, माघ १६, २०७४
ज्योतिको मुनाफा १४ करोड

 

ज्योति विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १४ करोड २५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा पाँच दशमलव २२ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ज्योति विकास बैंकले १३ करोड ५४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

दुई अर्ब ५९ करोड ३६ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा ३४ करोड ४० लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा १३ अर्ब ४५ करोड ८२ लाख रुपैयाँ संकलन गरेर कर्जामा १२ अर्ब ४३ करोड ८ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानीमा ५१ दशमलव ५५ प्रतिशतले र संचालन मुनाफामा ४७ दशमलव ९७ प्रतिशतले वृद्धि गरेको छ ।

खराब कर्जा १.४२ प्रतिशत र जोखिमयुक्त सम्पत्ति २४.६९ प्रतिशत रहेको बैंकले प्रोभिजनमा चार करोड २२ लाख छ हजार रुपैयाँ राखेको छ । बैंकको प्रतिसेयर आम्दानी वार्षिक १० दशमलव ९९ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १४ दशमलव २९ गुणा, प्रतिसेयर नेटवर्थ एक सय १३ दशमलव २६ रुपैयाँ र तरलता अनुपात २७ दशमलव ६२ प्रतिशत रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा