• होमपेज
  • समाचार
  • एनसीसी बैंक सामाखुशीमा

एनसीसी बैंक सामाखुशीमा

  • शुक्रबार, माघ १२, २०७४
एनसीसी बैंक सामाखुशीमा

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले काठमाण्डौं महानगरपालिका, वडा नं. २६ सामाखुशीमा एनसीसी बैंकको शाखाको एक कार्यक्रमका बीच माघ १२ गतेका दिन विधिवत उद्घाटन गरेका छन् ।

उक्त समारोहमा उद्घाटन मन्तव्य व्यक्त गर्दै डेपुटी गभर्नर शिवराज श्रेष्ठले एनसीसी बैंकले संस्थागत सुशासन कायम गर्दै जाने र आफ्नो व्यवसायिक गतिविधि अगाडी बढाउदै आगामी दिनहरुमा पनि बैंकले यस्तै प्रगति गर्दै जाने विश्वास ब्यक्त गरे ।

एनसीसी बैंकले नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पंूजी पु¥याउन गत वर्ष ४ वटा राष्ट्रिय स्तरको विकास बैंकहरुसंग गाभ्ने ÷गाभिने प्रक्रिया पश्चात एउटै स्थानमा रहेका शाखाहरुलाई अर्को स्थानमा सार्ने तथा बैंकिङ्ग पहुँच नपुगेका नगरपालिका तथा गाउँपालिकामा क वर्गको वाणिज्य बैंकको कम्तीमा एउटा शाखा स्थापना गर्ने नेपाल सरकारको नीति अनुरुप यस बैंकले पनि निकट भविष्यमा काठमाण्डौं उपत्यका बाहिरका विभिन्न स्थानहरुमा ४३ वटा शाखा स्थापना गर्ने समेत विज्ञप्ती मार्फत जनाएको छ ।

उक्त ४३ वटा शाखा स्थापना र एउटै स्थानमा रहेका शाखाहरुको स्थानान्तरण पश्चात एनसीसी बैंकको ११२ वटा शाखाहरु पुग्ने जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार