• होमपेज
  • समाचार
  • सुबिसु ‘गज्जबको एनिभर्सरी अफर’

सुबिसु ‘गज्जबको एनिभर्सरी अफर’

  • शुक्रबार, माघ १२, २०७४
सुबिसु ‘गज्जबको एनिभर्सरी अफर’

अग्रणी इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवा प्रदायक कम्पनी, सुबिसु केवलनेट प्रा. लि. १७ औं वर्ष पुरा गरी १८ औं वर्षमा प्रवेश गरेको छ । सन् २००१ देखि केबल टिभीबाट सेवा सुरु गरेको सुबिसु, हाल देशको सुचना तथा संचार क्षेत्रमा महत्वपूर्ण योगदान पु्याउने एक अग्रणी कम्पनीको रुपमा स्थापित छ ।

कम्पनीले १७ औं वार्षीकोत्सवको अवसरमा आफ्ना ग्राहकहरुका समक्ष ‘गज्जबको एनिभर्सरी अफर’ प्रस्तुत गरेको छ । यस योजना अन्तर्गत कम्पनीले नयाँ रिटेल ग्राहकका लागि इन्टरनेट र क्लियर टिभी सेवामा ३ आकर्षक प्याकेजहरु प्रस्तुत गरेको छ ।

प्याकेजहरु अनुसार क्लियर टिभी अफर, इन्टरनेट अफर र इन्टरनेट र क्लियर टिभी सुपर कम्बो अफर रहेका छन् । अफर प्याकेजहरु क्रमशः रु.१९९९, रु. ३९९९ र रु.५९९९ सम्मका रहेका छन् । साथै कम्पनीले आफ्ना र्वतमान इन्टरनेट तथा तथा डिजिटल टिभी ग्राहकहरुका लागि पनि लोयल्टी अफर प्रस्तुत गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार