• होमपेज
  • समाचार
  • शाहलाई नछोड्ने गर्भनरले ढुंगाना किन छोएनन् ?

शाहलाई नछोड्ने गर्भनरले ढुंगाना किन छोएनन् ?

  • शनिबार, माघ १३, २०७४
शाहलाई नछोड्ने गर्भनरले ढुंगाना किन छोएनन् ?

 

नयाँ वाफियाले एउटालाई पद छोड्न अर्कोलाई नछोड भनेको पक्कै छैन होला । तर यस्तो एउटा घटना फेला परेको छ ।
घटना १/२ महिना अगाडिको हो । नेपाल राष्ट्र बैंकले २ कार्यकाल पूरा गरेकोले मेगा बैंकका तत्कालीन सिइओ अनिल शाहको तेश्रो कार्यकाल थप नगर्न पत्राचार नै सञ्चालक समितिलाई गर्यो । त्यसको कारण उनीले बैंक छाडे । बैंक छाडेसँगै उनको नेपाल बैंकर्स संघको अध्यक्ष पद पनि गुम्यो तर अर्का भाग्यमानी बैंकर एनबी बैंकका सिइओ ज्ञानेन्द्र ढुंगानाको दोस्रो कार्यकाल पूरा भई तेस्रो कार्यकाल (सिइओ) पद सुरु भएको छ । राष्ट्र बैंकले उनीलाई पत्र समेत काटेको छैन । कस्तो वाफिया हो ? गर्भनर साब ?

अर्को अचम्मको कुरा के छ भने अनिल शाहको सिइओ पदसँगै खाली रहेको नेपाल बैंकर्स संघको अध्यक्ष पद पनि एनबी बैंकका सिइओ ढुंगानाको हातमा पुगेको छ । नेपाल राष्ट्र बैंकका गर्भनर डा.चिरञ्जीवी नेपालले एउटालाई पाखा अर्कोलाई काखा गरे यो अहिले बैंक र बैंकरबीच चर्चा र चासोको विषय बनेको छ ।

कथा मिठो छ ः– नेपाल राष्ट्र बैंकका गर्भनर डा.नेपाल काँग्रेसी कार्यकता हुन् । उनीलाई तत्कालीन काँग्रेसका सभापति एवं प्रधानमन्त्री स्व. सुशील कोइरालाले नियुक्त गरेका थिए । उनी अहिले राष्ट्र बैंक भित्र र अन्य प्राइभेट बैंक भित्र छानी छानी विचार फरक राख्नेलाई सिध्याउने काममा लागेको प्रस्टै भएको छ ।

एनबी बैंकका सिइओ ढुंगानाका दाजु काँग्रेसका जिल्ला सभापति छन् । उनी रामचन्द्र खेमाका हुन् । गर्भनर डा. नेपाल पनि पौडेल खेमाका काँग्रेसी कार्यकर्ता भएकोले एनबी बैंकका सिइओ ढुंगानालाई राष्ट्र बैंकले सबै कुरा गर्न छुट दिएको एक बैंकरले नाम नलेख्ने शर्तमा राजतिक साप्ताहिकसँग बताए ।

एनबी बैंक भित्र यति धेरै घटना भए पनि राष्ट्र बैंकका नेता एवं गर्भनर डा.नेपालले उनीलाई संरक्षण मात्र गरेका छैनन्, बेला बखत कुन कुन सिइओलाई कारबाही गर्ने भनी सरसल्लाह लिने गर्ने गरेको राष्ट्र बैंक स्रोतको दाबी छ ।

सबैलाई थाहा छ, एनबी बैंकका सिइओ ढुंगाना अष्ट्रेलियाका ग्रीन कार्ड होल्डर बैंकर हुन् । उनी समय समयमा विदेश मान्छे पठाउने काम पनि गर्दै आएका छन् । ढुंगाना यस्ता चरित्रका मान्छे हुन्, रक्सी खाएपछि पेन्टको चिएन खुस्केको पनि थाहा नपाउने बैंकर भित्र पर्दछन् ।

नेपाल राष्ट्र बैंकका गर्भनर डा.नेपालकै निर्देशनमा अनिल शाहको दुबै सिइओ र अध्यक्ष पद गुमेको छ भने एनबी बैंकका सिइओ ढुंगानालाई दुबै हातमा लड्डु भएको छ । यो कस्तो बाफिया हो । एउटालाई २ कार्यकालमा बैंक छाड्नु पर्ने अर्कोलाई नछोड्नु पर्ने गर्भनर साब ? यसको उत्तर जनतालाई दिने दायित्व तपाईका हो कि होइन ?

समय सबैको एउटै हुँदैन गर्भनर साब । विचार गरे हुन्छ । अब देशमा बाम सरकार बन्दैछ । तपाइँलाई चेतना भया । ढुंगाना जस्ता विवादास्पद बैंकरलाई नबोक्नु होस । आफ्नै वदनाम मात्रै हुइँदैन। तपाइँको पद नै जान पनि सक्छ ।
एनबी बैंक भित्र दर्जनौं काण्ड एक पछि अर्को घटेपनि गर्भनर चुप लाग्नुको पछाडिको भित्री कुरा हामीले खोजी रहेका छौं । दिन आएपछि स–प्रमाण पाठक सामु ल्याउने नै छौं ।

अर्को कुरा पनि अनौठौ कुरा एनबी बैंक भित्र फेला परेको छ भने ८ वर्ष अगाडि जित र लक्ष्मीबहादुरको खुट्टा समातेर, रोइकराई गरी एनबी बैंकको सिइओ बन्न पुगेका ज्ञानेन्द्र ढुंगाना अहिले अर्बपति बनेका छन् । भन्दा तीन छक्क पर्नुहोला । तर यो सत्य हो । उनीको बैंक पुग्नु भन्दा अगाडिको आर्थिक हैसियत र उनीको अहिलेको आर्थिक हैसियत आकाश जमिनको जस्तै फरक छ । सुन्दा अचम्म लाग्ने बैंकको सबै अधिकार उनीले हातमा लिएका छन् ।

सानो ५ हजारको विज्ञापन दिनेदेखि अर्बौको कर्जामा उनीकै सहीबाट चल्छ । बैंकका उच्च कर्मचारी कसैलाई उनी विश्वास नै गर्दैनन् । सबै काम गर्दा समेत कमिशन बिना काम गर्दैनन् । यि सबै कुराका कारण आज उनी करिब २ करोडको लिओन मोटरको गाडी चढेर हिडिरहेका छन् भने १० करोड पर्ने बंगला हालै खरिद समेत गरेका छन् । यो आर्थिक हैसियत ८ लाख ७५ हजार मासिक तलबले पुग्दछ कि पुग्दैन यो प्रश्न जटिल बन्दै गएको छ ।

अर्को तेस्रो अचम्म के छ भने उनी बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्जनौ उजुरी छन् तर कारबाही त परै जाओस् छानवीन पनि हुँदैन कारण हो अख्तियार पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय उनीका ससुरा हुन् । यस्तै राष्ट्र बैंकमा उनी बिरुद्ध सञ्चालक र लगानी कर्ताहरुले तेस्रो कार्यकाल नथप्न हार गुहार गर्दे गर्भनरलाई भेटी उजुरी दिए ।

त्यो पनि सुनुवाई भएन कारण हो गर्भनर डा. चिरजीवी नेपाल काँग्रेसी कार्यकर्ता भएको कारण डा. नेपाल र सिइओ ढुंगानाकै योजना अनुसार अनिल शाहलाई सडकमा पुर्याएर ढुंगाना रातारात नेपाल बैंकर्स संघको मयार्दित पद अध्यक्षमा पुगे ।

नयाँ वाफियाले दर्जनौ सञ्चालकहरुको पद गुम्यो । केही सिइओको तेस्रो कार्यकाल थप भएन तर काँग्रेसी बैंकर ढुंगानालाई यो कानुनले छोएन कारण के हो ?

अर्को कुरा पनि यस्तो छ ः– ढुंगाना एनबी बैंक पुगेपछि कर्मचारीहरुले लोन दिए वापत गाडी गिफ्ट ल्याएको र कमिशन लिएको भेटिए पछि ३ जना कर्मचारीलाई उनीले कारवाही गरे । तर अदालतले काममा लगानउन आदेश दिएपनि ढुंगानाले अहिलेसम्म काममा नलागाउनु अदालतको अपहेलना हो कि होइन ?

तर उनीलाई कसैले कारवाही समेत गर्दैन । जनताको पैसामा फूपूको श्राद्ध गर्न अत्यन्तै माहिर ढुंगाना (रेगुलेटर) राष्ट्र बैंकका गर्भनर डा. नेपालका मतियारकारुपमा अगाडि देखिएपछि बैकिङ क्षेत्र आतंकित बनेको छ भने नेपाल बैंकर्स संघ गनाएको मात्रै छैन अपांग जस्तै भएको छ ।

एक बैंकर्सले भने, कस्तो वाफिया हो । एउटा अनिल शाहलाई लागू हुने अर्को ज्ञानेन्द्र ढुंगानालाई लागु नहुने ? आफ्नो मान्छे गर्भनर भएपछि सबै छुट कति दिन चल्ने हो । अब नयाँ बामपन्थी सरकार पनि आउँदैछ हेरौला नि ?’

समय बलवान हुन्छ । एक दिन ढुंगानाजस्ता आर्थिक माफियाको भण्डाफोर पक्कै हुनेछ । गर्भनर डा. नेपालको मतियार ढुंगानाको बैंकमा वाणिज्य बैंकहरु सबैभन्दा कम शाखा छन् । मोबाइल बैंकिङ, शाखा रहित बैंकिङ छैन । खराब कर्जा ४.४ प्रतिशत छ तर राष्ट्र बैंक बोल्दैन । सिइओ ढुंगानाको काम भनेको बंगाली सञ्चालक खुसी बनाउने र नेपाली पैसा बंगलादेश पुर्याउने मात्रै हो ? राजतिलक साप्ताहिक

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने