• होमपेज
  • समाचार
  • नेपाल बंगलादेश बैंकको नाफा १८.९७ प्रतिशतले घट्यो

नेपाल बंगलादेश बैंकको नाफा १८.९७ प्रतिशतले घट्यो

  • शनिबार, माघ १३, २०७४
नेपाल बंगलादेश बैंकको नाफा १८.९७ प्रतिशतले घट्यो

 

तरलता अभावकै समयमा अधिकांश वाणिज्य बैंकहरूले सार्वजनिक गरेको दोस्रो त्रैमासिक प्रतिवेदनमा नाफाको दर रामै्र देिखएको छ । केही समयअघिदेिख चर्किएको तरलता (लगानीयोग्य रकम) अभावकै बीच चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणमा यस्तो देखिएको हो ।

बैंकहरूले अहिले तरलता अभाव देखाउँदै कर्जा विस्तार कम गरेका छन् । सार्वजनिक भएका बैंकहरूको प्रतिवेदन हेर्दा विवरण आउन बाँकी बैंकहरूको पनि रामै्नाफा कमाउने कतिपयको आँकलन छ । यद्यपि, ८ वटा वाणिज्य बैंकले मात्र दोस्रो त्रैमासको प्रतिवेदन सार्वजनिक गरेकाले यो आँकलनलाई नै अन्तिम भने मान्न सकिन्न ।

कुमारी बैंकको नाफामा उल्लेख्य छलाङ देिखएको छ । बैंकले चालु आवको दोस्रो त्रैमासमा ४८ करोड २ लाख ६ हजार रूपैयाँ नाफा गरेको छ ।

नेपाल बगंलादशे बैंक र सिटिजन्स बैंकको भने दोस्रो त्रैमासमा नाफा खुम्चिएको छ । नेपाल बंगलादशे बैंकको नाफा गत वर्षको तुलनामा १८.९७ प्रतिशतले घटेको छ भने सिटिजन्सको ०.४८ प्रतिशतले घटेको जनतापोस्ट दैनिक पत्रिकामा समाचार छापिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार