• होमपेज
  • मनोरञ्जन
  • युवराजलाई कसले पार्यो खुकुरीको चोटमा ?

युवराजलाई कसले पार्यो खुकुरीको चोटमा ?

  • शनिबार, माघ १३, २०७४
युवराजलाई कसले पार्यो खुकुरीको चोटमा ?

खुकुरीको चोटको उखान उल्लेख गर्न जति सजिलो छ त्यसले दिएको चोट सहन त्यो भन्दा पनि कठिन छ । यस्तै कठिन पिडाको सामना गर्दैछन् मोडल युवराज वस्ती । अर्की मोडल सागरी कार्कीले दिएको चोटको सामना गरेका छन् वस्तीले । चर्चित गायक प्रमोद खरेलले गाएको नयाँ गीतको भिडियोमा उनले यस्तो साना गर्नु परेको हो ।

पछिल्लो समयमा निरनतर सांगीतिक सामाग्रीको श्रृजना तथा उत्पादनमा सक्रिय व्यक्तिको रुपमा चिनिन्छन् गायक तथा संगीतकार ताराबीर पाण्डे । नयाँ सर्जक अमरराज रुचालको शब्दमा उनै पाण्डेले संगीत गरेको खुकुरीलाई के थाहा अचानोको पिडा बोलको गीत प्रमोद खरेलले गाएका हुन् भने यसको अडियो तथा भिडियोको व्यवस्थापन स्टुडियो यमनले गरेको हो ।

मानवीय जिवनमा विस्वास गर्दा गर्दै आई पर्ने धोकाधडीको विषयलाई मार्मिक तरिकाले प्रस्तुत गरिएको भिडियोको निर्देशन राघव आचार्यले गरेका छन् । जनकराज अधिकारीको छायााकनमा युवराज वस्ती, सागरी कार्की र बिशाल कार्कीले भिडियोमा अभिनय गरेका छन् भने तुलसी बाँस्कोटाले भिडियोको सम्पादन गरेका छन् ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् :
https://www.youtube.com/watch?v=nERotxWQO6Q

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा