• होमपेज
  • समाचार
  • सेञ्चुरीले घोषणा गर्यो बोनस र नगद लाभांस

सेञ्चुरीले घोषणा गर्यो बोनस र नगद लाभांस

  • बिहिबार, माघ १८, २०७४
सेञ्चुरीले घोषणा गर्यो बोनस र नगद लाभांस

 

सेञ्चुरी कर्मसियल बैंक (CCBL) ले आफ्ना सेयरधनीलाई गतबर्षको कमाईबाट दश प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक संचालक समितिको बैठकले पाँच प्रतिशत बोनस र पाँच प्रतिशत नगद लाभांस विरण गर्ने प्रस्ताव गरेको हो।

बैंकले केही समय अघि बिक्री गरेको हकप्रद, अल्पाईन डेभलपमेन्ट र सेति फाइनान्स गाभेपछि कायम चुक्तापूँजको पाँच प्रतिशत बोनस शेयर वितरण गर्न लागेको जनाएको छ ।

बैंकले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारणसभा बाट पारित भएपछि मात्र लगानीकर्तालाई वितरण गरिनेछ ।

हाल बैंकको चुक्तापूँजी ७ अर्ब ६७ करोड छ । बोनस वितरण पश्चात बैंकको चुक्तापूँजी आठ अर्ब पाँच करोड नाघ्नेछ ।

 

Facebook Comments

सम्बन्धित समाचार