• होमपेज
  • अटो
  • ग्वार्कोमा यामाहा शोरुम

ग्वार्कोमा यामाहा शोरुम

  • बुधबार, माघ १७, २०७४
ग्वार्कोमा यामाहा शोरुम

 

नेपालका लागि यामाहा ब्रान्डका मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले ललितपुरको ग्वार्कोमा नयाँ सोरुम सुरु गरेको छ । यामाहाको पुरानो तथा विश्वासिलो डिलर रिसिक अटोमोबाइल्सले एक्सचेन्ज र फाइनान्स सुविधासहितको सेल्स आउटलेट सुरु गरेको हो ।

ललितपुर जिल्लमा यामाहा मोटरसाइकल तथा स्कुटरको बढ्दो मागलाई सम्बोधन गरी एमएडब्लुले नयाँ सोरुम स्थापना गरेको हो । नयाँ सोरुमको उद्घाटन मिन नेपाल इन्टरनेसनल तथा यामाहा फेस अफ फेसिनो निती शाहले गरेकी हुन् ।
‘यामाहाले आफूलाई नेपालकै सबैभन्दा बढी विश्वासिलो मोटरसाइकल ब्रान्डका रुपमा स्थापित गरिसकेको छ ।

हामीसँग फरक पृष्ठभूमिका राइडरहरुकालाई मिल्ने फरक फरक प्रकारका मोडलहरु उपलब्ध छन्,’ कार्यक्रममा एमएडब्लु इन्टरप्राइजेजका एजीएम दिपक रौनियारले बताए, ‘यामाहाका मोटरसाइकल र स्कुटरको लोकप्रिय तीव्र गतिमा बढिरहेकै कारणले हामीले ठाउँ ठाउँमा नयाँ डिलर र सोरुमको स्थापना गर्दै आएका छौं । यो नयाँ सोरुमबाट पनि ग्राहकले गुणस्तरीय सेवा पाउने विश्वास हामी दिलाउन चाहन्छौं ।’ रैनियारले थपे ।

त्यसैगरी, रिसिक अटोमोबाइल्का प्रबन्ध निर्देशक मिलन बाबु मल्लले पनि नयाँ सोरुम स्थापना भएकोप्रति खुसी व्यक्त गरे । ‘रिसिक अटोमोबाइल्सले आफ्ना ग्राहकको विश्वास जितेको छ र यसका लागि हामी आफ्ना ग्राहकप्रति सदा आभारी छौं । यहिँ विश्वासकै कारण नयाँ सोरुम सुरु गर्न सकेका हौं ।

हामी वहाँहरुको विश्वासलाई सदा सम्मान गर्नेछौं ।’ निकट भविष्यमा नयाँ सोरुमबाट सर्भिसको सुविधा पनि थाल्ने मल्लले जानकारी दिए यामाहाले नेपाली बजारको माग र आवश्यकतालाई सम्बोधन गरी विभिन्न भेरियेन्टका मोटरसाइकल र स्कुटर विक्री गर्दै आएको छ ।

स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर र रेजी गरी तीन मोडेल छन् भने मोटरसाइकलमा एफजेड–एस एफआई, आर १५, एसजीआरआर, सलुटो र प्राविधिक रुपमा उच्च स्तरीय आर३ उपलब्ध छन् । यामाहाले केही महिनाअघि नेपाली बजारमा २५० सीसी क्षमता भएको एफजी२५ ‘द अल्टिमेट स्ट्रिट फाइटर’ सार्वजनिक गरेको थियो । छोटो अवधिमै एफजी२५ सबैभन्दा बढी खोजिएको मोटरसाइकल बन्न सफल भएको छ ।

यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन् । यामाहाको ‘आर’ सिरिज र ‘एफजी’ सिरिजमा अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका मोटरसाइकलहरुमा माइलेज बढी पाइन्छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि