• होमपेज
  • समाचार
  • माछापुच्छे् बैंकद्वारा कम्बल बितरण

माछापुच्छे् बैंकद्वारा कम्बल बितरण

  • बुधबार, माघ १०, २०७४
माछापुच्छे् बैंकद्वारा कम्बल बितरण

संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत माछापुच्छे् बैंकले महोत्तरीको बर्दिबास नगरपालिका ३ स्थित गौरीबासका शितलहर पीडित ६० घरपरिवारलाई कम्बल वितरण गरेको छ ।

बर्दिबास नगरपालिकाका मेयर बिदुर कुमार कार्की र बैंकका बर्दिबास शाखा प्रबन्धक रमेश अधिकारीले एकल महिला देखि शितलहरबाट पीडित पर्साहिधाप, राजाबास, कालापानी, गौरीबास, पाटु, भब्सी र गौरीडाँडाका गरिब तथा विपन्न स्थानीयहरुलाई ६० थान न्यानो कम्बल वितरण गरेका हुन् ।

नेपाल अधिराज्यभर छरिएर रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत देशको सामाजिक, आर्थिक, शैक्षिक तथा खेलकुद लगायतका क्षेत्रको बिकासमा उल्लेख्य योगदान गर्दै आएको छ । साथै भविष्यमा पनि यस्ता कार्यक्रमहरु जारी रहने बैंकले बताएको छ ।

Facebook Comments

सम्बन्धित समाचार