• होमपेज
  • समाचार
  • आइएमई लाइफ इन्सोरेन्सको अभिमूखीकरण तालिम

आइएमई लाइफ इन्सोरेन्सको अभिमूखीकरण तालिम

  • बिहिबार, माघ १८, २०७४
आइएमई लाइफ इन्सोरेन्सको अभिमूखीकरण तालिम

 

चितवनको सौराहामा आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले शाखा तथा अभिर्कताहरुको लागि आयोजना गरेको तालिम तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा सञ्चालनमा आएका ४० भन्दाबढी शाखाका प्रदेश प्रमुख, शाखा प्रमुख तथा उत्कृष्ट अभिकर्ताहरु गरि करिब १०० जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कम्पनीका तर्फबाट कम्पनी सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्याल तथा सञ्चालक समितिका सदस्य इश्वर कुमार कार्कीबाट उपस्थित सम्पूर्ण कर्मचारी तथा अभिर्कताहरुलाई आफ्नो जिम्मेवारी अनुरुपको काम गर्न तथा व्यापार व्यावसाय वृद्धि गर्न प्रोत्साहित गर्नुको साथै उत्कृष्ट कर्मचारी तथा अभिकर्ताहरुलाई सम्मान गरेक थिए ।

साथै उक्त कार्यक्रममा उपस्थित अभिकर्ता तथा कर्मचारीहरुले कम्पनीको योजना अनुसारको लक्ष्य प्राप्ती गर्न एक्यबद्वता समेत जनाए । उक्त कार्यक्रममा अभिर्कताहरुको लागि विशेष किसिमको उत्प्ररेणात्मक कार्यक्रम कम्पनीले आयोजना गरेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार