शालीनदी मेलामा चौतर्फी ब्रम्हलूट
उपत्यकाको पूर्वी भेगस्थित शंखरापुर नगरपालिका १३ मा रहेको शालीनदी श्रीस्वास्थानी ब्रत मेलाको अवसर पारेर दर्शनार्थी र सर्वसाधारणमाथि ब्रम्हलूट मच्चिएको छ । मेलामा जानेहरुको लागि यातायातको ठूलो समस्या छ । रत्नपार्कबाट भद्रवास, डाँछी, आलापोट, गागलफेदी, साँखु र जहरसिंहपौवालगायत क्षेत्रको यातायातमा एकाधिकार जमाएको साँखु बस व्यवसायी संघका सवारी साधन ‘रुट परमिट’ अनुसार नचली ‘रिजर्भ’ जाँदा यात्रु […]