बैतडीको तल्लोस्वराडमा औलोको जोखिम, ६७ नयाँ बिरामी फेला
बैतडी, भदौ २२– बैतडीको तल्लोस्वराडमा औलोरोगको जोखिम रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएकोे छ । स्वास्थ्य सेवा विभागको महामारी तथा रोग नियन्त्रण महाशाखाले गरेको अध्ययनअनुसार साविकका मेलौली, शिवनाथ र महारुद्र गाविस औलो जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका महामारी नियन्त्रण कार्यक्रमका सम्पर्क व्यक्ति सन्तोष पाण्डेयले जानकारी दिनुभयो । खुला सिमाना, तापक्रममा वृद्धि र लामखुट्टेका कारण सो […]