• होमपेज
  • समाचार
  • भिरबाट लडेर महिलाको मृत्यु

भिरबाट लडेर महिलाको मृत्यु

  • शुक्रबार, भदौ २३, २०७४
भिरबाट लडेर महिलाको मृत्यु

बैतडी, भदौ २३–

भिरवाट लडेर बिहीबार बैतडीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिगास गाउँपालिका–८ शिवलिङ्ग का ३२ वर्षीया पार्वती अवस्थी रहेकी छन् ।

बिहीबार मध्याह्न १२ बजे स्थानीयवासी मुन्नालेक भिरमा घाँस काटिरहेका बेला लडेर घटनास्थलमा नै मृत्यु भएको स्थानीयवासी गङ्गे ऐरीले जानकारी दिनुभयो । मृतक महिलाकोे शव परिवार र आफन्तले दाहसंस्कार गरिसकेको बताइएको छ ।

बेवारिशे शव फेला

यसैबीच, बैतडीको डिलासैनी–३ चमेलिया नदीको दोभान कर्कलेमा बिहीबार एक पुरुषको बेवारिसे शव फेला परेको छ । अन्दाजी २५ वर्षको पुरुषको शव माथिबाट बगेर आएको हुनसक्ने आशंका गरिएको छ । मृतक पुरुषको मुखमा दागबत्ती दिएको भेटिएकाले चमेलिया नदीको माथिल्लो क्षेत्रबाट कसैले दागबत्ती दिएर शव बगाएको हुनसक्ने प्रहरीले जनाएको छ ।

गहुँगोरो वर्ण भएको पुरुषको उक्त शवको सनाखत भने हुन नसकेको प्रहरी निरीक्षक कमलबहादुर विष्टले जानकारी दिनुभयो । –रासस

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा