• होमपेज
  • समाचार
  • सप्तरीमा दुईसय सात मतदान केन्द्र अतिसंवेदनशील

सप्तरीमा दुईसय सात मतदान केन्द्र अतिसंवेदनशील

  • शुक्रबार, भदौ २३, २०७४
सप्तरीमा दुईसय सात मतदान केन्द्र अतिसंवेदनशील

सप्तरी, भदौ २३–

आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी मनोनयन कार्य सकिएलगत्तै स्थानीय प्रशासनको सम्पूर्ण ध्यान निर्वाचन सुरक्षातर्फ केन्द्रित भएको छ ।

यसैक्रममा सुरक्षा समितिले गोप्य सूचना र विश्लेषणपछि जिल्लाका २९५ मतदानस्थललाई दुई तहमा विभाजन गर्दै सुरक्षा प्रबन्ध मिलाएको छ । तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि २०७ मतदानस्थललाई अति संवेदनशील र ८८ मतदानस्थललाई संवेदनशील भन्दै सोही अनुसारको सुरक्षा प्रबन्ध मिलाइएको हो ।

अतिसंवेदनशील मानिएका मतदानस्थल केही नगरपालिका र केही भारतीय सीमासँग जोडिएका गाउँपालिका रहेका छन् । जिल्लामा नौ नगरपालिका र नौ गाउँपालिका रहेका छन् । प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले सबै मतदानस्थलको भ्रमण, पछिल्ला घटनाक्रम र सुरक्षा चुनौती विश्लेषणपछि सुरक्षा व्यवस्था सोही अनुसार गरिएको बताउनुभयो ।

नेपाल प्रहरीका साथै सशस्त्र प्रहरी र नेपाली सेनासमेत निर्वाचन सुरक्षामा खटिने उहाँले जानकारी दिनुभएको छ । निर्वाचन सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालयले चार हजार प्रहरी र अधिकारीलाई आवश्यक उपकरण र हातहतियारसहित निर्वाचनस्थल र क्षेत्रमा खटाउने तयारी गरिसकेको छ ।

आवश्यक परे छिमेकी सुनसरी, मोरङ, झापा लगायतका जिल्लाबाट समेत थप प्रहरी झिकाउने योजनासमेत बनिसकेको प्रहरी उपरीक्षक मुकेश सिंहले जानकारी दिनुभयो । उहाँले सुरक्षामा कुनै कमजोरी नहुने दाबी गर्नुभयो । उहाँका अनुसार जिल्लाको विकट मानिएका क्षेत्रसहित नगरको चौक चौकमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरी सचेत छ ।

बहिष्कारको पक्षमा रहेका सिके राउत र अघिल्लो दिन जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)का संयोजक जयकृष्ण गोइतले विज्ञप्तिमार्फत निर्वाचन बिथोल्ने र उम्मेदवारलाई जनकारबाही गर्न दिएको चेतावनीलाई पनि सुरक्षा चुनौतीका रुपमा लिँदै प्रहरीले विशेष योजना बनाएको छ ।

“विभिन्न नामधारी सशस्त्र समूहबाट निर्वाचन बहिष्कार र बिथोल्ने प्रयास हुनसक्ने सम्भावनालाई पनि ध्यानमा राख्दै योजना बनेका छन्”, उहाँले भन्नुभयो, “यस्ता व्यक्ति र समूह हाम्रो निगरानीमा छन्, कुनै गडबड हुन नदिन हामी लागिपरेका छौँ ।”

उहाँले थप्नुभयो, “मतदाता ढुक्क भएर मतदानका लागि आउनोस् हल्लाले सुरक्षा व्यवस्था बिथोलिँदैन । उहाँले खुल्ला सीमा भएका कारण सीमावर्ती भारतीय क्षेत्रका स्थानीय सुरक्षा अधिकारीसँग पनि समन्वय गरी सुरक्षा निगरानी बढाइएको बताउनुभयो ।”

नाका क्षेत्रमा जाँचमा कडाइ तथा निगरानी बढाइएको बताउँदै उहाँले निर्वाचनको २४ घण्टाअघि देखि सीमा सिल गर्ने जानकारी पनि दिनुभयो । यता जिल्ला निर्वाचन अधिकारी महेश ठाकुरले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताउनुभएको छ । उहाँले जिल्लाका १८ स्थानीय तहको ८५६ पदका लागि हुने निर्वाचनका लागि जिल्लामा २९५ मतदानस्थलको चयन गरी आवश्यक सम्पूर्ण कार्य अघि बढिसकेको जानकारी दिनुभएको छ ।

सप्तरी जिल्लामा एक लाख ७० हजार ४५५ पुरुष तथा एक लाख ६० हजार ६८६ महिला गरी कुल तीन लाख ३१ हजार ४६२ मतदाता छन् । –रासस

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा