• होमपेज
  • समाचार
  • खोटेहाङ गाउँपालिकाको केन्द्र खोटाङ बजार हुने

खोटेहाङ गाउँपालिकाको केन्द्र खोटाङ बजार हुने

  • शुक्रबार, भदौ २३, २०७४
खोटेहाङ गाउँपालिकाको केन्द्र खोटाङ बजार हुने

खोटाङ, भदौ २३–

स्थानीय तह पुनःसंरचनाको शुरुबाटै विवादमा रहेको खोटेहाङ गाउँपालिकाको केन्द्र खोटाङ बजारमा रहने भएको छ । जिल्लाको पुरानो सदरमुकाम रहेको खोटाङबजार र व्यापारिक केन्द्र इन्द्रेणीपोखरीमध्ये कुनै एक ठाँउमा केन्द्र रहनुपर्ने विषयको विवाद मतदानमार्फत टुङ्ग्याइएको हो ।

निर्वाचन आयोगले अस्थायीरुपमा खोटाङबजारमा नै गाउँपालिकाको केन्द्र राख्न परिपत्र गरे पनि इन्द्रेणीपोखरीमा केन्द्र राख्न प्रस्ताव आएपछि गाउँसभाले मतदानमार्फत केन्द्र तय गरेको जनाइएको छ ।

केन्द्रका विषयमा गाउँसभाले गरेको मतदानका क्रममा ४९ जना सदस्यले मतदान गरेका थिए । मतदानका क्रममा खोटाङबजार केन्द्रका पक्षमा २६ र इन्द्रेणीपोखरीको पक्षमा २३ मत खसेको वडा नम्बर ७ का वडाअध्यक्ष शिवप्रसाद पराजुलीले जानकारी दिनुभयो । स्थानीय निर्वाचनपश्चात् ६ महिनाभित्रमा नगरपालिका वा गाउँपालिकाको नाम तथा केन्द्र परिवर्तन गर्न पाउने व्यवस्थाअनुसार मतदानमार्फत केन्द्रको टुङ्गो लगाइएको हो ।

पुनःसंरचनाका क्रममा साबिकको इन्द्रेणीपोखरी, सिम्पानी, लिच्किराम्चे, खोटाङबजार, लिकुवापोखरी, सावाकटहरे, बडकादियाले, वाप्लुखा र चिप्रिङ गाविस गाभेर नौ वडा निर्माण गरिएको छ । उक्त गाउँपालिकामा एमालेको प्यानल नै विजयी भएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा