• होमपेज
  • Uncategorized
  • पाण्डेयमाथिको आक्रमणप्रति अकोराबको ध्यानाकर्षण

पाण्डेयमाथिको आक्रमणप्रति अकोराबको ध्यानाकर्षण

  • बिहिबार, भदौ २२, २०७४
पाण्डेयमाथिको आक्रमणप्रति अकोराबको ध्यानाकर्षण

काठमाडौं, भदौं २२–

रेडियो हापुरेका स्टेशन म्यानेजर बालकृष्ण पाण्डेयमाथि आज बिहान भएको साङ्घातिक आक्रमण भएको घटनाप्रती सामुदायिक रेडियो प्रसारक संघ (अकोराब)ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासचिव गोविन्द सापकोटाद्धारा जारी विज्ञप्तीमा सामुदायिक रेडियो प्रसारक संघ, नेपाल प्रदेश नम्बर पाँचका कार्यसमिति सदस्य समेत रहेका पाण्डेय माथि भएको घटनाप्रति आपत्ति जनाउदै तत्काल दोषिलाई कारबाही गर्न सरकारसँग माग गरिएको छ ।

बबै गाउँपालिका बन्दको क्रममा रिपोर्टिङमा हिड्नुभएका पाण्डेयलाई लछार पछार गर्नुका साथै ढुङगा र हेलमेटले टाउकोमा हानिएको घटनाले प्रेस स्वतन्त्रताको खिल्ली उडाएकाले दोषिलाई पक्राउ गरि तत्काल घाईते पत्रकारको उपचारको व्यवस्था गर्न संघले माग गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार