• होमपेज
  • समाचार
  • सिटी एक्सप्रेस र सिगे मनी ट्रान्सफरबिच सम्झौता

सिटी एक्सप्रेस र सिगे मनी ट्रान्सफरबिच सम्झौता

  • बुधबार, माघ ३, २०७४
सिटी एक्सप्रेस र सिगे मनी ट्रान्सफरबिच सम्झौता

लण्डनको ख्यातिप्राप्त रेमिट कम्पनी सिगे मनी ट्रान्सफर र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिट्यान्स सेवा सुरु भएको छ । सिगे मनी ट्रान्सफरको बिश्व भरी १३० भन्दा बढि देशहरुमा आफ्नै सञ्जाल छ साथै ९०,००० भन्दा बढी एजेन्ट लोकेशन्हरु छन् ।

यो सेवा सुरु भएपछी युरोप हुँदै अन्य देशहरुबाट सिगे मनी ट्रान्सफरले सिटी एक्सप्रेस मनीे ट्रान्सफर मार्फत नेपालको कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न वा रकम प्रवाह गर्न सकिने जानकारी सिगेका पे्रसिडेन्ट जोसेफ अगिलरले दिएका छन् ।

यो सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनले र सिगे मनी ट्रान्सफरबाट पे्रसिडेन्ट जोसेफ अगिलरले हस्ताक्षर गरेका थिए । सिगेका पे्रसिडेन्ट जोसेफ अगिलरले सिटी एक्सप्रेससँग रेमिटान्स सम्झौता भएकोमा खुशी ब्यक्त गर्दै आगामी दिनहरुमा पनि सिटी एक्सप्रेससँग नयाँ सहकार्य गर्दै जाने बताए ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छट्टै पहिचान बनाउदै बिगत ११ बर्ष देखि विदेशबाट पठाएको रकम आफ्ना ५००० भन्दा बढी नेपालका एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार