• होमपेज
  • समाचार
  • कृषि विकास बैंक ५१ औं वर्षमा प्रवेश

कृषि विकास बैंक ५१ औं वर्षमा प्रवेश

  • बिहिबार, माघ ४, २०७४
कृषि विकास बैंक ५१ औं वर्षमा प्रवेश

कृषि विकास बैंक ५१ औं वर्षमा प्रवेश गरेको छ । बैंकको ५१ औं वार्षिकोत्सवको अवसरमा आयोजित पत्रकार सम्मलेनमा बैंकका सिइओ लिला प्रकास सिटौलाले बैंक हरेक क्षेत्रमा अघि बढ्दै गएको र अब मुलुकको उत्कृष्ठ वाणिज्य बैंक कृषि विकास बैंक बन्ने दाबी गरे ।

उनले हिजोसम्म पुरानो बैंकको रुपमा चिनिने कृषि विकासले अब मोडर्न बैंकको रुपमा परिचय बनाइसकेको भन्दै अहिलेका निजी वाणिज्य बैंकहरु भन्दा अगाडि रहेको बताए । सीइओ सिटौलाले विक्रम संवत २०२४ सालमा निम्न वर्गका कृषकहरुको उत्थानका लागि स्थापना गरिएको कृषि विकास बैंक विभिन्न परिस्थितिलाई पारलाई बैंकको सूचीमा अग्रस्थानमा पुग्न सफल भएको बताए ।

कृषि विकास बैंक शाखा सञ्जालको हिसाबले सबै भन्दा अग्रस्थानमा देखिएको छ । यस बैंकको कृषि क्षेत्रमा मात्रै ३३ प्रतिशत कर्जा लगानी गरेको छ । सबै क्षेत्रलाई सेवा पु¥याउने क्रममा बैंकले हालसम्म आठ खर्ब ६९ अर्ब कर्जा प्रवाह गरिसकेको सीईओ सिटौलाले बताए ।

सिटौलाका अनुसार बैंकले ७ खर्ब ७० अर्ब रुपैयाँ कर्जा अशुली गरिसकेको छ । त्यसैगरी बैंकले १० लाख ९१ हजार निक्षेपकर्ताको ९६ अर्ब ४८ करोड रुपैयाँ निक्षेप परिचालन गरेको छ। बैंकको हाल पूँजी कोष सवल रहेको र गत वर्ष १२ प्रतिशत रहेको पूँजी कोष यस अवधिमा बढेर १७ प्रतिशत पुगिसकेको छ ।

Facebook Comments

सम्बन्धित समाचार