• होमपेज
  • समाचार
  • ग्लोबल आइएमई बैंकको बाग्लुङ्गमा शाखारहित बैंकिङ्ग सेवा

ग्लोबल आइएमई बैंकको बाग्लुङ्गमा शाखारहित बैंकिङ्ग सेवा

  • मङ्लबार, माघ २, २०७४
ग्लोबल आइएमई बैंकको बाग्लुङ्गमा शाखारहित बैंकिङ्ग सेवा

ग्लोबल आइएमई बैंकले बाग्लुङ्ग जिल्लाको काठेखोला गाउँपालिका ५, बिँहुपोखरा सोहि जिल्लाको बाग्लुङ्ग नगरपालिका १३, पयुँपाटामा आफ्नो ५९ औँ र ६० आँै शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ ।

बाग्लुङ्ग नगरपालिका १३, पयुँपाटामा खोलिएको सेवाको बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले एक समारोहका बीच उद्घाटन गरे । उक्त स्थानमा खोलिएको सेवाको लागि स्थानिय उषा रानी शर्मा तथा विँहुपोखरामा खोलिएको सेवाको लागि स्थानिय महेन्द्र पुनलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।

कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेका यि दुवै क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।

Facebook Comments

सम्बन्धित समाचार