• होमपेज
  • अर्थ/वाणिज्य
  • हिमस्टारले भित्र्यायो ४ नयाँ वासिङ मेसिन

हिमस्टारले भित्र्यायो ४ नयाँ वासिङ मेसिन

  • बिहिबार, भदौ २२, २०७४
हिमस्टारले भित्र्यायो ४ नयाँ वासिङ मेसिन

काठमाडौं, भदौं २२–

हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सन् २०१७ का लागि लण्ड्री लाइनअपमा ४ नयाँ मोडेलहरु थप गरेको छ ।

जसमा इलेक्ट्रोनिक एप्लायन्सेसमध्ये ६.५केजीको एउटा टप लोडिङ्ग र ६.५ केजीदेखि १० केजी क्षमतासम्मका ३ फ्रन्ट लोडिङ्ग वासिङ मेसिनहरु भित्र्याएको छ । हिमस्टारले आफ्ना वासिङ मेसिनमा सहज रुपमा प्रयोग गर्न, तिब्र कार्यक्षमता प्रदान गर्न, हेभी ड्यूटीर सुरक्षा प्रदान गर्दछ ।

फ्रन्ट लोडिङ्ग मोडलहरु विभिन्न १५ विशेषताहरु सहित आउँछ, जसले इन्टेलिजेन्स कन्ट्रोल, एलईडी डिस्प्ले, टेम्पेरेचर रेगुलेसन, १५–१८ मिनेट क्विक वास, १–२४ आवर डिले स्टार्ट,चाइल्ड लक फग्ङसन्, पावर अफ मेमोराईजेसन, ३०–३३ सेन्टिमिटर डोर अपरेटिंङ डायमिटर, स्पीन स्पीड अफ १०००/१२००/१४०० आरपीएम र ६.५ केजी/७.५ केजी र १० केजीको क्षमता भएको छ ।

टप लोडिङ मोडल ६ प्रोग्राम विशेषतासहित आएको छ । जसमा एलईडी डिस्प्लेसहितको इलेक्ट्रोनिक कन्ट्रोल, अटो ब्यालेन्स सिस्टम, ओभरहिटिंग कन्ट्रोल, बजर, अप्सन वाटर पम्प, अप्सनल डबल इन्लेट तथा ६८० आरपीएमको स्पीनस्पीडरहेको छ ।

हिमस्टार वासिंग मेसिनहरु नयाँ प्रविधिसहित उपलब्ध छन् । जसले ग्राहकहरुलाई सुविधा र समयको बचत गराउनुका साथै अतिउत्कृष्ट धुलाईको अनुभव दिन्छ । यी वासिङ मेसिनहरुले कपडाहरु सफा र चहकिलो बनाउन हाई स्पीन रेटमा संचालन हुन्छ । यी वासिङ मेसिनहरु १ वर्षको वारेण्टिका साथ बजारभर उपलब्ध छन् । जसको मूल्य रु. ३२,५९० देखि रु ६८,२९० सम्म तोकिएको छ ।

ग्राहकहरुले प्रत्येक वासिङ मेसिनको खरिदमा हिमस्टारको स्टीम आइरन पाउने छन् ।

Facebook Comments

सम्बन्धित समाचार