• होमपेज
  • समाचार
  • उम्मेदवार शाहको घरमा बम विस्फोटन

उम्मेदवार शाहको घरमा बम विस्फोटन

  • शुक्रबार, भदौ २३, २०७४
उम्मेदवार शाहको घरमा बम विस्फोटन

धनुषा, भदौ २३–

तेस्रो चरणको स्थानीय निर्वाचनको मुखमा आएर धनुषा जिल्लाको धनुषाधाम नगरपालिकाका प्रमुख पदका उम्मेदवारको घरमा अज्ञात समूहले बम विस्फोट गरेको छ ।

बिहीबार राति घरको कम्पाउण्डभित्र गएर अज्ञात व्यक्तिले बम विस्फोटन गराएको हो । सो घटनापछि धनुषाधामको सुरक्षा अवस्था अत्यन्तै कडा बनाइएको छ । धनुषाधाम नगरपालिकाको राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुखका उम्मेदवार प्रक्षा शाह मल्लको घरमा विस्फोट भएको प्रहरी नायब उपरीक्षक प्रवीण धितालले जानकारी दिनुभएको छ ।

विस्फोट घरको कम्पाउण्डमा भएकाले कुनै मानवीय क्षति नभएको र प्रहरी निरीक्षकको कमाण्ड टोली घटनास्थलस्थलमा राति नै पुगेर घटनामा संलग्नको खोजी कार्यसहित अनुसन्धान शुरु गरिसकेको प्रहरी नायब उपरीक्षक धितालले बताउनुभयो । –रासस

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा