• होमपेज
  • समाचार
  • तेस्रो चरण निर्वाचनकालागि ३८ हजार ४८ जनाको उम्मेदवारी दर्ता

तेस्रो चरण निर्वाचनकालागि ३८ हजार ४८ जनाको उम्मेदवारी दर्ता

  • शुक्रबार, भदौ २३, २०७४
तेस्रो चरण निर्वाचनकालागि ३८ हजार ४८ जनाको उम्मेदवारी दर्ता

काठमाडौँ, भदौ २३–

आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा प्रदेश नम्बर २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदका लागि ३८ हजार ४८ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्र (इओसी) बाट प्राप्त पछिल्लो जानकारीअनुसार निर्वाचन हुने स्थानीय तहका विभिन्न पदमध्ये प्रमुख/अध्यक्ष पदमा एक हजार ८१३, उपप्रमुख/उपाध्यक्ष पदमा एक हजार १३५ र वडाध्यक्ष पदमा आठ हजार ४७४ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

यसैगरी, खुल्ला सदस्य दुई पदमा १३ हजार ७३१, महिला सदस्यमा ६ हजार ७३५ र महिला दलित सदस्यमा ६ हजार १६० जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । उम्मेदवारी दर्तासम्बन्धी विवरणलाई प्रशोधन गरी यकिन गर्ने कार्य जारी रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

तेस्रो चरणको स्थानीय तहको यस निर्वाचनबाट एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकामा गरी कुल ६ हजार ६२७ जना प्रतिनिधि निर्वाचित हुनेछन् ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा