• होमपेज
  • समाचार
  • महोत्तरीमा आचारसंहिताको घोर उल्लङ्घन

महोत्तरीमा आचारसंहिताको घोर उल्लङ्घन

  • शुक्रबार, भदौ २३, २०७४
महोत्तरीमा आचारसंहिताको घोर उल्लङ्घन

गौशाला, भदौ २३–

प्रदेश नं २ मा आसन्न स्थानीय तहको निर्वाचन जित्ने दाउपेचमा लागेका राजनीतिक दलहरुद्वारा महोत्तरीमा आचारसंहिताको घोर उल्लङ्घन भइरहेको छ ।

आचारसंहिता उल्लङ्घन गर्नेमा देशका ठूला राष्ट्रिय पार्टी — नेपाली काँग्रेस, नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र०, राप्रपादेखि लिएर मधेशवादी दल — राजपा, संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरम सबै रहेका छन् ।

त्यस्तै, अन्य पार्टीका साथै स्वतन्त्र उम्मेदवारसमेतले आचारसंहिताको घोर उल्लङ्घन गरेको देखिएको छ । दस नगरपालिका र पाँच गाउँपालिका गरी १५ स्थानीय तह रहेको महोत्तरी जिल्लामा ७२० पदका लागि चार हजार ४१० जनाले उम्मेदवारी दर्ता गराएका छन् भने प्रत्येक उम्मेदवारद्वारा आचारसंहिताको व्यापक उल्लङ्घन भइरहेको देखिएको छ ।

आ–आफ्ना राजनीतिक एजेण्डासहित आचारसंहिताको परिधिमा रहेर भोट माग्नुपर्नेमा यहाँका नेता र पार्टीहरु आचारसंहिताको विपरीत भोट माग्ने र मतदातालाई आ–आफ्ना पक्षमा पार्ने काममा लागेको देखिएको छ ।

यहाँका राजनीतिक दलले सार्वजनिकस्थलमा पोस्टर, पम्प्लेट, सभा सम्मेलनदेखि लिएर ठूल्ठूलो आवाजमा २४ घण्टे लाउडस्पिकर बजाएर प्रचार–प्रसार गरेको पाइएको छ । जिल्लाको प्रत्येक गाउँ–ठाउँको बिजुलीको पोल, टेलिकमको पोल र रूख–बिरुवामा अहिले विभिन्न पार्टीको झण्डा टाँगिएको देख्न सकिन्छ ।

त्यस्तै, ठूल्ठूला आकारका पोस्टरहरु पनि टाँगिएको देखिन्छ । यहाँका उम्मेदवारले आचारसंहिता विपरीत दर्जनभन्दा बढी गाडी, सयौँ मोटरसाइकल र ठूल्ठूला ब्यानर लिएर प्रचार– प्रसारमा उत्रेका छन् ।

यसैगरी, यहाँका प्रत्येक पार्टीले आफ्नो पार्टीको छाप अङ्कित भेस्ट, टोपी लगाएर सयाँै कार्यकर्तालाई सडकमा उतारेका छन् । साथै, बालबालिकाको पनि प्रयोग गरिएको देखिएको छ । यसका अलावा उम्मेदवारले मतदातालाई रिझाउन झूटो वाचा, विभिन्न प्रलोभन र पैसा बाँड्ने काम पनि गर्ने गरेको सर्वसाधारण मतदाता बताउँछन् । –रासस

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा