• होमपेज
  • समाचार
  • झापा ११ लाई हराउँदै मनाङ सेमिफाईनलमा

झापा ११ लाई हराउँदै मनाङ सेमिफाईनलमा

  • बिहिबार, भदौ २२, २०७४
झापा ११ लाई हराउँदै मनाङ सेमिफाईनलमा

चितवन, भदौं २२–

झापा ११ लाई टाईबेकरमा पराजित गर्दै ए डिभिजन’ क्लब मनाङ मस्याङदी नारायणगढमा जारी प्रथम जेसीज कप–२०७४ नकआउट फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ ।

क्याम्पाचौरमा भएको खेलमा टाईबेकरमा ५–३ गोल अन्तरले विजयी हुँदै मनाङ मस्याङदी सेमिफाईनलमा प्रवेश गरेको हो । निर्धारित समयमा दुवै टिमबाट एक–एक गोल भएपछि खेल टाईबेकरमा पुगेको थियो । यसअघि खेलको पहिलो हाफमा सुजल श्रेष्ठको हेड गोलबाट मनाङले अग्रता लिएको थियो । दोस्रो हाफमा आक्रमक रुपमा प्रस्तुत भएको झापा ११ को तर्फबाट कर्ण लिम्बुले पेनाल्टी मार्फत गोल गर्दै खेललाई बराबरीमा पुर्‍याएको थियो ।

डिबक्समा राष्ट्रिय खेलाडी अनन्त तामाङको हातमा बल लागेपछि झापा ११ ले पेनाल्टीको अवसर पाएको थियो । अब सेमिफाईनलमा मनाङ हेटौंडाको विजय युथ क्लवसंग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको पहिलो सेमिफाईनलमा भोलि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सुदूरपश्चिम–११ को सामना गर्नेछ ।

प्लेयर अफ दि म्याच मनाङका सुजल श्रेष्ठ भए । उनले नगद ५ हजार प्राप्त गरे । प्रतियोगितामा पहिलो हुने टिमले नगद ३ लाख ५० हजार र ट्रफि तथा दोस्रो हुने टिमले नगद १ लाख ७५ हजार र ट्रफि पाउने छन् । फाइनल खेल भदौ २६ गते हुने आयोजक नारायणगढ जेसीजका अध्यक्ष बाबुराम रामदामले बताए ।

Facebook Comments

सम्बन्धित समाचार