• होमपेज
  • वाणिज्य बैंक
  • कुमारी बैंकको एटीएम तथा पीओएसमा अबदेखि मास्टर कार्ड पनि प्रयोग गर्न सकिने

कुमारी बैंकको एटीएम तथा पीओएसमा अबदेखि मास्टर कार्ड पनि प्रयोग गर्न सकिने

  • शुक्रबार, जेष्ठ १७, २०८२
कुमारी बैंकको एटीएम तथा पीओएसमा अबदेखि मास्टर कार्ड पनि प्रयोग गर्न सकिने

कुमारी बैंक लिमिटेडको एटीएम तथा पोइन्ट अफ सेल (पीओएस) टर्मिनलहरूमा मास्टर कार्ड प्रयोग गर्न सकिने भएको छ। बैंकले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो। डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्धन गर्दै ग्राहकलाई थप सहज, सुरक्षित र आधुनिक बैंकिङको अनुभव उपलब्ध गराउने लक्ष्यका साथ यो सुविधा नेपालभर कुमारी बैंकका सम्पूर्ण एटीएम तथा पीओएस टर्मिनलहरूमा उपलब्ध हुने बैंकले जनाएको छ।

यो सुविधाबाट मास्टर कार्ड प्रयोगकर्ताहरूले कुमारी बैंकको एटीएममार्फत रकम झिक्न र पीओएस टर्मिनलमार्फत भुक्तानी गर्न सहज हुने बैंकले विश्वास लिएको छ। साथै, यसले व्यापारीहरूलाई पनि लाभ हुने विश्वास बैंकले लिएको छ।

बैंकले आफ्नो सेवाको दायरालाई विस्तार गर्दै डिजिटल नेपालको अभियानमा विद्युतीय कारोबारमार्फत थप योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ।

 

Facebook Comments

सम्बन्धित समाचार