• होमपेज
  • Uncategorized
  • चितवनको रामनगरका होटल तथा पसलमा म्याद गुज्रेका पेयपदार्थ

चितवनको रामनगरका होटल तथा पसलमा म्याद गुज्रेका पेयपदार्थ

  • बिहिबार, भदौ २२, २०७४
चितवनको रामनगरका होटल तथा पसलमा म्याद गुज्रेका पेयपदार्थ

बिकास पौडेल
चितवन ,भदौ २२ –

चितवनको रामनगरका होटल र पसलहरुमा म्याद नाघेको पेयपदार्थ भेटिएको छ। भरतपुर महानगरपालिका वडा नम्बर १ रामनगर बजारका होटल तथा किराना पसलहरुमा म्याद नाघेको पेयपदार्थ बिक्रीवितरणको लागि राखिएको भेटिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनले आज गरेको बजार अनुगमनका क्रममा अधिकाम्स होटलहरुमा म्याद नाघेको पेयपदार्थ कोक ,स्प्राईट ,डिउ बिक्रीको लागि राखेको भेटिएको थियो । उक्त म्याद नाघेको पेयपदार्थलाई टोलिले नष्ट गर्नुको साथै होटल तथा पसल संचालकहरुलाई म्याद नाघेको पेयपदार्थ एवं अन्य खाद्यवस्तु बिक्रीवितरण नगर्न चेतावनी दिएको बजार संरक्षण अधिकृत ओमप्रकाश शर्माले जानकारी दिनुभयो ।

उनीहरुलाई चेतावनीसंगै आवश्यक कागजपत्र सहित जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन पत्र काटिएको छ । रामनगरको निर्देश किराना पसलमा सबैभन्दा धेरै ४८ बोतल म्याद नाघेको पेयपदार्थ भेटिएको थियो । अनुगमनको क्रममा दर्ता तथा इजाजत नलिई संचालन गरिएको एक झिलिङगा उद्योगलाई बन्द गर्न निर्देशन दिइएको खाद्य निरीक्षक प्रबिण कुमार तिवारीले बताउनुभयो । उपभोक्ता अधिकार संरक्षण मंच चितवनका उपाध्यक्ष बिष्णु भुसाल , होटल व्यवसायी संघ चितवनको प्रतिनिधि थानेश्वर सापकोटा लगायत पत्रकारहरुको उपस्थितिमा १० वटा होटल तथा पसलहरुको अनुगमन गरिएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार