• होमपेज
  • समाचार
  • माओवादी र एमाले विरुद्ध खनियो राजपा

माओवादी र एमाले विरुद्ध खनियो राजपा

  • बिहिबार, भदौ २२, २०७४
माओवादी र एमाले विरुद्ध खनियो राजपा

काठमाडौं, भदौ २२ –

राष्ट्रिय जनता पार्टी नेपाल माओवादी केन्द्र र एमाले विरुद्ध खनिएको छ । विहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पार्टीको चुनावी घोषणा–पत्र सार्वजनिक गर्दा राजपाले माओवादी केन्द्र र एमालेको विरोध गरेको हो । मधेसविरोध पार्टीको आरोप लगाउँदै आएको राजपा नेपालले एमालेप्रति भने नरम रुपमा प्रस्तुत भएपनि एमाले संघीयता र समावेशीकरणका विरोधमा रहेको ढुलमुले चरित्र बोकेको मधेसप्रति अनुदार पार्टी भएको आरोप लगाए ।

घोषणा पत्रमा मधेशका जनताको अधिकार प्राप्तीको लडाईलाई अझ सशक्त बनाउन आसन्न निर्वाचनमा जाने निर्णय लिइएको पनि राजपाले जनाएको छ । घोषणापत्रमा ‘सबैको भाषा, सबैको भेष, सबै नेपाली, सबैको देश’ भन्ने नारा पनि तय गरिएको छ । त्यसैगरी मधेशका जनताको पक्षमा रहेका सबैले आसन्न सबै तहको निर्वाचनमा आफनो पार्टीलाई विजयी गराउने विश्वास पनि व्यक्त गरिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा