• होमपेज
  • समाचार
  • राप्रपा ३ नं प्रदेशको क्षेत्रीय सम्मेलन शुरु

राप्रपा ३ नं प्रदेशको क्षेत्रीय सम्मेलन शुरु

  • बिहिबार, भदौ २२, २०७४
राप्रपा ३ नं प्रदेशको क्षेत्रीय सम्मेलन शुरु

काठमाडौँ,भदौ २२ –

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनसेवालाई केन्द्रमा राखेर काम गर्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

प्रदेश नं ३ का स्थानीय तहका अध्यक्षहरुको क्षेत्रीय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले पार्टी विभाजनपछि संगठन सुदृढीकरणका लागि निष्ठावान् भई अगाडि बढ्न पनि कार्यकर्तालाई सुझाव दिनुभयो ।

देशमा सुशासन कायम गर्न निर्धारित समयमा प्रादेशिक र संसदीय निर्वाचन सम्पन्न गर्नुपर्ने
उहाँको भनाइ थियो ।

शुक्रबारसम्म जारी रहने उक्त सम्मेलनमा प्रदेश नं ३ अन्तर्गतका गाउँ, नगर, महानगरका पार्टी अध्यक्ष, क्षेत्रीय समितिका अध्यक्ष, जिल्ला अध्यक्ष तथा भ्रातृ संगठनका अध्यक्ष गरी ३०० जनाको सहभागिता रहेको छ ।

भेलाले प्रदेश तथा संसदीय चुनावमा अधिकतम स्थान जित्न आवश्यक रणनीति तयार गर्ने बताइएको छ । – रासस

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा