• होमपेज
  • समाचार
  • बाँकेमा २१ किलो चरेससहित दुई जना पक्राउ

बाँकेमा २१ किलो चरेससहित दुई जना पक्राउ

  • शुक्रबार, भदौ २३, २०७४
बाँकेमा २१ किलो चरेससहित दुई जना पक्राउ

बाँके,भदौ २३ –

नेपाल प्रहरीले बाँकेको डुडुवा गाउँपालिकाबाट भारततर्फ निकासी गर्न लागिएको ठूलो परिमाणको लागु औषध चरेस नियन्त्रणमा लिएको छ । संघीय प्रहरी इकाई कार्यालय नेपालगन्जले शुक्रबार पत्रकार सम्मेलन गरी बरामद गरिएको २१ किलो चरेससहित पक्राउ परेका दुईजनालाई सार्वजनिक गरेको छ ।
प्रहरीले बुधबार बाँकेको डुडुवा गाउँपालिका–२ नौरीगौरीबाट भारततर्फ चरेस निकासी गर्दै गरेको अवस्थामा डुडुवा–२ का ५४ वर्षका फेरन अहिर र ७० वर्षका मुरी अहिरलाई पक्राउ गरेको हो । लागु औषध चरेसको मूल्य अन्दाजी तीन लाख ६० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार