• होमपेज
  • Uncategorized
  • इर्मा आँधीबाट १४ को मृत्यु, आइतबार अमेरिकाको फ्लोरिडा पुग्ने

इर्मा आँधीबाट १४ को मृत्यु, आइतबार अमेरिकाको फ्लोरिडा पुग्ने

  • शुक्रबार, भदौ २३, २०७४
इर्मा आँधीबाट १४ को मृत्यु, आइतबार अमेरिकाको फ्लोरिडा पुग्ने

काठमाडौँ,भदौ २३ –

शक्तिशाली समुद्री आँधी इर्माले क्यारेबियन क्षेत्रमा कम्तिमा १४ जनाको मृत्यु भएको छ । यस शताव्दीकै केही शक्तिशाली आँधीमध्ये एक मानिएको इर्माको गति प्रतिघण्टा २९० किलोमिटरसम्म थियो । आँधीका कारण कयौं घाइते भएका छन् भने हजारौं घर तथा अन्य भौतिक संरचना भत्किएका छन् । यसले सेन्ट मार्टिन प्रायद्वीपमा सबैभन्दा बढी क्षति पुर्याएको बताइएको छ ।

आँधीले सन् २०१० को भूकम्पबाट उक्सने प्रयास गरिरहेको हैटीमा पनि बाढी निम्त्याएको छ र केही क्षति पनि पुर्याएको छ ।

हाल आँधीको गति २७० किलोमिटर प्रतिघण्टामा झरेको छ । हालसम्मकै पाँच शक्तिशाली आँधीको सूचीमा राखिएको इर्माका कारण करिब १२ लाख मान्छे प्रभावित भएका र यो संख्या बढेर २ करोड ६० लाख पुग्ने अनुमान रेडक्रसको छ ।

खानेपानी र सरसफाइका सामग्री नष्ट भएकाले रोगहरु फैलने र मृत्यु हुनेको संख्या बढ्ने सम्भावना रहेको सरकारी अधिकारीहरुले जनाएका छन् ।

इर्मा अहिले टर्क्स र काइकोस टापूमा छ र बहामासतर्फ गइरहेको छ। साताको अन्त्यमा ९आइतबारतिर० अमेरिकाको फ्लोरिडा हुँदै यो क्यूबा पुग्ने आकलन गरिएको छ। दक्षिण फ्लोरिडाका करिब ५० हजार बासिन्दालाई आइतबारसम्म ठाउँ छाड्ने सूचना जारी गरिएको छ ।

टर्क्स र काइकोस टापूका ३५ हजार जनसंख्या यसबाट नराम्ररी प्रभावित हुने देखिएको छ। घरका छाना उडेका छन् भने विद्युत गएको छ । बाढीले सडक जलमय छन् ।

व्यापक विनाश निम्त्याएको क्यारिबियन क्षेत्रमा उद्धार तथा राहत कार्य सुरु भइसकेको छ । बिबिसी

Facebook Comments

सम्बन्धित समाचार