वर्तमान संविधान अग्रगामी छः उपप्रम गच्छदार
वीरगन्ज, भदौ २५– उपप्रधान मन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले दलित, महिला, मधेशी, जनजाति सबैलाई अधिकारसम्पन्न बनाएकाले वर्तमान संविधान अग्रगामी भएको बताउनुभएको छ । नेपाल लोकतान्त्रिक फोरमद्वारा वीरगन्जको माइस्थानमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले लोकतान्त्रिक गणतन्त्रको स्थायित्वका लागि वर्तमान संविधान उपयुक्त भएको बताउनुभयो । संविधानले दलित तथा महिलाहरुलाई ३३ प्रतिशत स्थान […]