• होमपेज
  • समाचार
  • भैरहवाका व्यापारीलाई धम्क्याएर पैसा असुल्ने भारतीय पक्राउ

भैरहवाका व्यापारीलाई धम्क्याएर पैसा असुल्ने भारतीय पक्राउ

  • आइतवार, भदौ २५, २०७४
भैरहवाका व्यापारीलाई धम्क्याएर पैसा असुल्ने भारतीय पक्राउ

रुपन्देही, भदौ २५ –

रुपन्देही प्रहरीले भैरहवाका व्यापारीलाई गोली हान्ने तथा धम्क्याउने अभियुक्तलाई सार्वजनिक गरेको छ । विभिन्न समयमा उद्योगी व्यवसायीलाई फोन, एसएमएस र प्रत्यक्ष रुपमा धम्की दिँदै पैसा असुल्ने भारत, सुनौलीका ५० वर्षीय अरविन्द यादव भन्ने बब्लु तिवारीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

भैरहवाका उद्योगी कुलप्रसाद न्यौपाने र व्यवसायी विष्णु शर्मालाई गोली प्रहार गर्ने तिवारीले उद्योगी व्यवसायीको विवरण संकलन गरी धम्क्याउने र पैसा असुल्ने गरेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्याम ज्ञवालीले बताए ।

Facebook Comments

सम्बन्धित समाचार