• होमपेज
  • समाचार
  • मनाङमा स्की खेलको प्रशिक्षण दिइने

मनाङमा स्की खेलको प्रशिक्षण दिइने

  • आइतवार, भदौ २५, २०७४
मनाङमा स्की खेलको प्रशिक्षण दिइने

काठमाडौँ,भदौ २५ –

अन्नपूर्ण पदयात्रा मार्गको प्रमुख पर्यटकीय गन्तव्य मनाङको उच्च हिमाली क्षेत्रमा स्की खेल सञ्चालन गरिने भएको छ ।

स्की एण्ड स्नोबोर्डिङ फाउन्डेशनले उक्त क्षेत्रमा साहसिक खेलका रुपमा परिचित स्की खेलको प्रशिक्षण दिने भएको हो ।

करिब पाँच हजार मिटर उचाइको खाग्ला ग्लेसियर क्षेत्रमा इजरायल, अमेरिका, जर्मनी, इटाली र अष्ट्रियाका सात प्रशिक्षकले प्रशिक्षण दिने छन् ।

यही भदौ २९ गतेदेखि छ दिनसम्म हिमपहिरो उद्धार र स्की पर्वतारोहणसम्बन्धी तालीम दिने फाउण्डेशनका अध्यक्ष उत्सव पाठकले राससलाई बताउनुभयो । तालीममा सहभागी टोली शनिबार त्यसतर्फ प्रस्थान गरेको छ ।

तालीममा स्की खेल खेल्ने तरिका, सीप र उद्धार कौशलबारे सिकाइनेछ । हिउँमा चिप्लेटी खेल्न आवश्यक पर्ने सामग्री, उपकरण र प्रशिक्षण निःशुल्क दिइनेछ । एक मलेसियाका विद्यार्थीसहित आठ नेपाली तालीममा सहभागी हुनेछन् ।

विदेशी पर्यटकको उत्कृष्ट पदयात्रा क्षेत्रका रुपमा ख्याति कमाएको सो क्षेत्रमा हिउँ पर्ने मौसममा थप पर्यटकीय क्रियाकलाप बढाउन र नेपालमा स्कीसम्बन्धी गतिविधिमा स्वदेशी तथा विदेशीको सहभागिता बढाएर पर्यटन प्रवद्र्धनमा सघाउने उद्देश्यले तालीम गर्न लागिएको फाउण्डेशनका कोषाध्यक्ष सुरज काफ्लेले बताउनुभयो ।

नेपालमा प्रशस्त मात्रामा रहेका हिमाल, चुली तथा उच्च हिमाली क्षेत्रमा पर्वतारोहण, पदयात्राजस्ता साहसिक पर्यटकीय गतिविधि बढिरहेको सन्दर्भमा स्की खेलको विकास र विस्तार गरी पर्यटकको बसाइँ लम्ब्याउन यस प्रकारका गतिविधि फाउण्डेशनले सञ्चालन गर्दै आएको कोषाध्यक्ष काफ्लेले बताउनुभयो ।

स्की एन्ड स्नोबोर्डिङ फाउण्डेसनले यसअघि गौरीशंकर संरक्षण क्षेत्रको ना भन्ने ठाउँमा ३५, मेरा पिकमा पाँच र दोलखाको कालिञ्चोकमा २० र अन्नपूर्ण हिमालको आधारशिविरमा ५० जनालाई स्की खेलसम्बन्धी प्रशिक्षण दिएको छ । – रासस

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा