• होमपेज
  • समाचार
  • कार्यालय सहयोगीकै भरमा पशु क्वारेन्टाइन चेकपोस्ट

कार्यालय सहयोगीकै भरमा पशु क्वारेन्टाइन चेकपोस्ट

  • आइतवार, भदौ २५, २०७४
कार्यालय सहयोगीकै भरमा पशु क्वारेन्टाइन चेकपोस्ट

पथरी (मोरङ),भदौ २५ –

पशु क्वारेन्टाइन विराटनगर चेक पोस्टका कार्यालय सहयोगी पशुपति खतिवडाले पक्षी तथा चौपायाको परीक्षण सुँघेरै गर्ने गर्नु भएको छ ।

विगत पाँच वर्षयता भारतबाट विराटनगर रानी चेक पोस्ट हुँदै नेपाल भित्रिने गरेका पक्षी तथा चौपायाको स्वास्थ्य परीक्षण सुँघेकै भरमा निरोगिताको प्रमणपत्र दिने गरेको पाइएको हो ।

यदाकदा चेकपोस्टमा बस्दै आउनुभएकी पशु प्राविधिक पवित्रा दाहालले निरोगिताको प्रमाणपत्रमा पहिले नै हस्ताक्षर गरेर कार्यालय सहयोगी खतिवडालाई दिने गरेको र उहाँले खसी बाख्राको स्वास्थ्य स्थिति कस्तो छ भन्ने मतलबै नगरी प्रमाणपत्रको खालीठाउँ भरेर व्यापारीलाई दिने गर्नु भएको छ ।

विराटनगर भन्सार नाका हुँदै प्रतिमहिना तीन हजार चौपाया नेपाल भित्रिने गरेका छन् । ती चौपाया कचेरा आएका, झोक्राएका, छेरुवा चलेका रोगी भए पनि ती कार्यालयले सहयोगीकै भरमा क्वारेन्टाइनले निरोगिताको प्रमाणपत्र दिने गरेको छ ।

रोगी चौपाया भएको शंका लागे पशु प्राविधिकले चेक पोस्टबाटै परीक्षणका लागि १४ दिनसम्म निगरानीमा राख्नुपर्ने प्रावधान छ । तर अहिलेसम्मको रेकर्डमा क्वारेन्टाइन कार्यालयबाट कुनै पनि चौपायाको प्रक्रियाअनुसार स्वास्थ्य परीक्षण नगरेको पाइएको छ । चौपाया रोगी भएको शंका लागेमा चेक पोस्टमा नै ९पिपिआर० भ्याक्सिन लगाउनु पर्नेमा भ्याक्सिन राख्ने कार्यालयको फ्रिज नौ वर्षदेखि बिग्रिएर ढुसी परेको छ ।

यता मुख्य कार्यालयमा रहेका चार फ्रिजमध्ये तीन फ्रिज बिग्रएका र भएको सद्धे एउटा फ्रिज कार्यालय प्रमुख डा फेकनलाल साहले निजी आवासमा प्रयोग गरिरहेका छन् । यो कार्यालयले सिरहाको मार्डर, भाण्टाबारी र विराटनगर नाकाबाट आयात हुने पक्षी तथा चौपायाको स्वास्थ्य चेक जाँच गरेर प्रमाणपत्र दिने गर्छ । तर कार्यालय प्रमुख साहले उपकरण अभावले समस्या भएको बताउनुभयो ।

उपभोक्ता मञ्च मोरङका अध्यक्ष मोहन भट्टराई भन्नुहुन्छ, “पशुको स्वास्थ्य चेक गर्नेहरुले काम गर्दैनन् भने तिनीहरुको औचित्य के रु त्यहाँ चेक पोस्ट रुँघेर सरकारी तलब खानु भनेको राज्यकोषको दुरुपयोग गर्नु हो । – रासस

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा