• होमपेज
  • समाचार
  • दशैंमा ८३ करोड रुपैयाँका खसीबोका ल्याइँदै

दशैंमा ८३ करोड रुपैयाँका खसीबोका ल्याइँदै

  • आइतवार, भदौ २५, २०७४
दशैंमा ८३ करोड रुपैयाँका खसीबोका ल्याइँदै

काठमाडौं,भदौ २५ –

खसीबोका व्यवसायी तथा खाद्य संस्थानका अनुसार नजिकिदै गरेको दशैंको अबधिमा काठमाडौं उपत्यकामा मात्रै ८३ करोड रुपैयाँभन्दा बढी रुपैयाँको खसिबोका तथा च्याङ्ग्राको कारोबार हुने बताइएको छ । जसमध्ये पनि ५० करोड रुपैयाँभन्दाबढी रकम खसीबोका खरिद गरेबापत भारतमा बाहिरिने सरोकारवाला व्यवसायीहरुको भनाइ छ ।

चौपाया व्यवसायी संघका संरक्षक तथा व्यवसायी दिपक थापाले दशैंमा निजी व्यवसायीहरुले करिब ४० हजार संख्यामा खसीबोका उपत्यकामा भित्र्याउने बताए । त्यस्तै करिब १० हजारको संख्यामा भेडा च्याङ्ग्रा भित्र्याउने उनले अनुमान गरे । “यद्यपि अहिले नै ठ्याक्कै भन्न सकिँदैन आवश्यकताअनुसार खसीबोका र च्याङ्ग्राको खपत घटबढ हुन सक्छ,” उनले भने “दशैंको अबधीमा व्यवसायीहरुले खसीबोकाको अभाव हुन दिने छैन ।”

उनका अनुसार खसीबोकाको औसत मूल्य प्रतिगोटा १४ हजार रुपैयाँ पर्छ । व्यवसायीहरुले मात्रै उपत्यकामा भित्र्याउने खसिबोका ५६ करोड रुपैयाँका रहेका छन् ।

त्यस्तै उनले एउटा च्याङ्ग्राको मूल्य २२ देखि २७ हजार रुपैयाँसम्म पर्ने बताए । औसतमा प्रतिगोटाको २४ हजार राख्ने हो भने, उपत्यकामा १० हजार संख्या भित्रिने अनुमान गरिएको छ । त्यसलाई आधार मान्ने हो भने दशैंको लागि उपत्यकामा करिब २४ करोड रुपैयाँको भेडा च्याङ्ग्रा भित्रिनेछ । सबैलाई जोड्ने हो भने यो दशैंमा निजी व्यवसायीले मात्रै ८० करोड रुपैयाँ बराबरको खसीबोका, भेडाच्याङ्ग्राको कारोबार गर्ने संरक्षक थापाको भनाइ छ ।

त्यस्तै नेपाल खाद्य संस्थानले ३ करोड ३१ लाख रुपैयाँको खसीबोका उपत्यकामा भित्र्याउने संस्थानका प्रवक्ता शंकर सापकोटाले बाह्रखरीलाई बताए । सो रकम बराबरको १ हजार ५ सय संख्यामा खसीबोका र १ हजारको संख्यामा च्याङ्ग्रा भित्र्याउने उनको भनाइ छ । “संस्थानले यो वर्ष गएको वर्षभन्दा केहि कम चौपाया ल्याउन लागेको हो,” उनले भने “गएको वर्ष हामीले २ हजार ८८४ ओटा भित्र्याएका थियौं ।” उनका अनुसार संस्थानले भित्र्याउने खसीबोका र च्याङ्ग्राको मूल्य निजी क्षेत्रकोभन्दा १०÷१५ रुपैयाँ कमि हुनेछ । खसीबोका दाङ्ग र मकवानपुरदेखि भने, च्याङ््ग्रा मुस्ताङ्गदेखि ल्याउने प्रवक्ता सापकोटाको भनाइ छ ।

संरक्षक थापाले व्यवसायीहरुले दशैंको लागि भित्र्याउने खसी बोका ९० प्रतिशत भारतबाट ल्याइने बताए । “सरकारले स्वदेशमा नै खसीबोकाको उत्पादन बढ्यो भन्छ,” उनले रुष्ट हुँदै भने “दशैं जस्तो चाडपर्वमा भारतमै निर्भर हुनुपर्छ । खै उत्पादन बढेको रु” उनका अनुसार भारतबाट ठूलो संख्यामा खसीबोका ल्याए भन्सार लगायत भेटेनरी चेकजाँच सहज छ । तर नेपालकै विभिन्न जिल्लाहरुबाट उपत्यकामा भित्र्याउन परे विभिन्न झन्झटीलो प्रक्रियाहरु बेहोर्नुपर्छ । त्यसैले उनकाअनुसार सहजताको लागि भएपनि भारतबाटै खसीबोकाहरु ल्याइने गरिएको छ ।

गएको दशैंमा भारतदेखि ८० प्रतिशत मात्र खसीबोका उपत्यकामा भित्रिएकोमा यो वर्ष १० प्रतिशत बढेर ९० प्रतिशत पुग्ने उनको अनुमान छ । त्यसको आधारमा ५० करोड रुपैयाँभन्दा बढीको खसीबोका यो दशैंको लागि भारतबाट भित्रिदै छ । भेडा च्याङ्ग्रा भने, मुस्ताङ्ग र तिब्बतबाट भित्रिने उनले जानकारी दिए ।

व्यवसायीहरुले गएको वर्षभन्दा यो वर्ष खसीबोका भेडा च्याङ्ग्राहरुको मूल्य प्रतिकिलो २०÷२५ रुपैयाँ बढ्ने अनुमान गरेको छ । उनीहरुकाअनुसार गएको वर्ष जिउँदो खसीबोकाको मूल्य ४६० देखि ५०० र च्याङ्ग्राको मूल्य ७ सयदेखि ७५० रुपैयाँसम्म रहेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा