• होमपेज
  • समाचार
  • सुतली बम सहित गुल्मीमा एक जना पक्राउ

सुतली बम सहित गुल्मीमा एक जना पक्राउ

  • आइतवार, भदौ २५, २०७४
सुतली बम सहित गुल्मीमा एक जना पक्राउ

गुल्मी,भदौ २५

जिल्ला प्रहरी कार्यालय गुल्मीले विस्फोटक पदार्थसहित रेसुंगा नगरापलिकाका एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रेसुंगा नगरपालिका ८ का निर्वाचित वडा सदस्य ताराबहादर श्रीस हन् ।

पक्राउ परेका श्रीसबाट ३३ थान एक्सपोलोसिभ डेटोनेटर, चार थान सुतली बम, एक किलोग्राम बारुद र केही थान सेफ्टिफ्यूजलगायत सामाग्री प्रहरीले बरामद गरेको छ । उनले लु ३२ प ६६०३ नम्बरको मोटरसाईकलमा राखेर तम्घास ल्याउँदै गर्दा प्रहरीले पक्राउ गरेको बताइएको छ ।

त्यस्तै घटनालाई लिएर बारेमा प्रहरीले थप अनुसन्धान भइरहेको बताएको छ ।

Facebook Comments

सम्बन्धित समाचार