• होमपेज
  • अर्थ/वाणिज्य
  • एनआईसी एशिया बैंकको शाखारहित बैंकिङ्क सेवा

एनआईसी एशिया बैंकको शाखारहित बैंकिङ्क सेवा

  • आइतवार, भदौ २५, २०७४
एनआईसी एशिया बैंकको शाखारहित बैंकिङ्क सेवा

काठमाडौं, भदौं २५–

एनआईसी एशिया बैंक लिमिटेडले ग्रामीण तथा दुर्गम जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्ने सँगसँगै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सबली करणको लागि शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ ।

सोहि क्रममा बैंकले पहिलो स्थापना यहि भदौं २३ गते सन्दकपुर गाउँपालिका, देउराली बजार, इलाम र भदौं २४ गते बुद्घशान्ति गाउँपालिका, शान्तिनगर गडी गाउँ बजार, झापा र रोङ्ग गाउँपालिका, कुटी डाडाँ बजार इलाम जिल्लाबाट ३ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

देउराली बजार शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन सन्दकपुर गाउँपालिका उपाध्यक्ष शोभा पराजुली, शान्तिनगर गडी गाउँ बजार शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन बुद्घशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेल र कुटीडाडाँ बजार शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन रोङ्ग गाउँपालिकाकी उपाध्यक्ष चन्द्रकला राई (बुढाथोकी)ले गर्नु भएको थियो ।

बैंकले उपरोक्त शाखारहित बैंकिङ्ग सेवा संचालनको लागि बैंक प्रतिनिधिको रुपमा देउराली बजारमा शाखारहित बैंकिङ्ग कार्यालयको लागि सोमति सेन्चुरी, शान्तिनगर गडी गाउँ बजारमा शाखारहित बैंकिङ्ग कार्यालयको लागि कमल भट्टराई र कुटीडाडाँ बजारमा शाखारहित बैंकिङ्ग कार्यालयको लागि यादब बराललाई नियुक्त गरेको छ ।

यस सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानिय प्रतिनिधिको मार्फतबाट बैंकिङ सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि स्थानीय बासिन्दा लामो दुरीसम्म हिड्नु पर्ने बाध्यताको अन्त्य हुने विश्वास बैंकले लिएको छ ।

यस्तो सेवाबाट स्थानीय बासिन्दाले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा तथा रकम झिक्ने र पठाउने, मोवाईल रिचार्ज गर्न, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) महशुल भुक्तानी गर्ने, स्वीकृत सिमाभित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिनेछ ।

यी ३ वटा शाखा रहित बैंकिङ्ग सेवाहरु सहित हाल यस एनआईसी एशिया बैंकले आफ्ना १२० शाखाहरु, ४ एक्टेन्सन काउन्टरहरु र ९० ए टि एम सञ्जालहरु मार्फत देशभर सेवा प्रदान गरिरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार