• होमपेज
  • समाचार
  • बलात्कारी बाबाकी छोरी हनीप्रीतको कार कैलालीको सीमा क्षेत्रमा

बलात्कारी बाबाकी छोरी हनीप्रीतको कार कैलालीको सीमा क्षेत्रमा

  • आइतवार, भदौ २५, २०७४
बलात्कारी बाबाकी छोरी हनीप्रीतको कार कैलालीको सीमा क्षेत्रमा

धनगढी,भदौ २५ –

बलात्कारी बाबाकी छोरी भनिएकी हनीप्रीत नेपालमा भएको खबरसँगै उनी नेपालमा कहाँ छिन् भन्ने चर्चा चुलिएको छ । डेरा सच्चा सौदा प्रमुख राम रहीमकी छोरी हनीप्रीतको गाडी नेपाल भारत सीमामा भेटिएको हरियाणा प्रहरीले पुष्टि गरेको छ । सीमामा गाडी भेटिएकाले उनी नेपाल छिरेको हुन सक्ने अनुमान गरिएको छ ।

नेपालको कैलाली जिल्लासँग सिमाना जोडिएको भारतको जिल्ला लखिमपुर खिरीको नेपाल भारत सीमामा भेटिएको कार हनीप्रीतको भएको हरियाणा पुलिसको दावी छ । हरियाणा पुलिसका एएसपी घनश्याम चौरसियाले हनीप्रितको खोजीका लागि २ जना अफिसर लखिमपुर खिरीको गौरीफंटा आएको बताएका छन् । ती दुई अफिसरले गौरीफंटा चौकीमा हनीप्रीत नेपाल गएको हुन सक्ने बारे अनुसन्धान थालेको चौरसियाले बताएका छन् ।

हनीप्रीतविरुद्ध हरियाणा पुलिसले लुकआउट नोटिस जारी गरेको छ । उनीविरुद्ध राजद्रोहको मुद्दा पनि दर्ता भएको छ । हनीप्रीत बाबालाई सजाय सुनाइएको दिनदेखि नै बेपत्ता छिन् । यसपछि बाबा राम रहीमले कैयौं पटक हनीप्रीतसँग भेट्ने इच्छा जनाएका छन् । तर, उनको यो मागलाई पटक पटक खारेज गरिएको छ । हालै राम रहीमले प्रहरी अधिकारीहरुलाई आफूले भेट्न चाहेका १० जनाको नाम भएको लिस्ट दिएका थिए । यो लिस्टमा पहिलो नाम हनीप्रीतको छ । अर्कोतर्फ बाबाले अहिलेसम्म आफ्नी पत्नीसँग भेट्ने इच्छा गरेका छैनन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि