• होमपेज
  • समाचार
  • महोत्तरीमा काँग्रेसका उम्मेदवारहरु मतदाताको घरदैलोमा

महोत्तरीमा काँग्रेसका उम्मेदवारहरु मतदाताको घरदैलोमा

  • आइतवार, भदौ २५, २०७४
महोत्तरीमा काँग्रेसका उम्मेदवारहरु मतदाताको घरदैलोमा

महोत्तरी, भदौं २५–

महोत्तरीका नगरपालिका र गाउँपालिकाका नेपाली काँग्रेसका उम्मेदवारहरु आफ्नो विजय सुनिश्चित गर्न घरदैलो अभियानमा सरिक भएका छन् ।

असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचन कार्यक्रम अन्तर्गत उम्मेदवारहरु मतदाताका घर–घरमा पुगेर रुख चिन्हमा छाप लगाउन अनुरोध गरिरहेका छन् ।

बर्दिबास नगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवार प्रह्लाद क्षेत्री र तारादेवी महतोले आईतबार बर्दिबास नगरपालिकाको किसाननगर र पशुपति नगरमा पुगेर वडा भेला गर्नुका साथसाथै घरदैलो अभियानमा सरिक भैरहनुभएको छ ।
घरदैलोको क्रममा मतदाताले देखाएको आत्मिय व्यवहारले आफू अतिउत्साहित भएको अनुभव बर्दिबास नगरपालिकामा काँग्रेसबाट प्रमुखका उम्मेदवार प्रह्लादले सुनाउनभयो ।

बर्दिबास नगरपालिकामा प्रमुख र उपप्रमुखसंगै काँग्रेसका केन्द्रीय सदस्य श्याम घिमिरे, जिल्लाका वरिष्ठ नेता चिरंजीवी हमालसहितका नेता कार्यकर्ताहरु मतदाताका घर घर पुगिरहेका छन् ।

त्यसैगरी जलेश्वर नगरपालिकाका काँग्रेसका प्रमुख र उपप्रमुखका उम्मेदवार अशोक कुमार साह र अनिता देवी शर्मा परिकौलीले पनि वडा भेला र घरदैलो अभियानलाई संगसंगै लगिरहनुभएको छ । आइतबार उहाँले बजराही र अनकार गाउँमा वडा भेला सम्पन्न गरी संगै घरदैलो अभियानमा पनि सरिक रहनुभयो ।

उहाँहरुसंग नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व साँसद रामचन्द्र तिवारी, पूर्व साँसद हरीशंकर मिश्र, पूर्व जिल्ला विकास समितिको सभापतिका मेश्वर पाण्डेय, जिल्ला सचिव शम्भु पाठक, पूर्व जिल्ला सचिव बजरंग नेपाली, पूर्व मेयर बरुण मिश्रा सहित नेपाल विद्यार्थी संघका युवाहरु घरदैलो अभियानमा व्यस्त रहनुभएको छ ।

यसैबीच जनतासंगको प्रश्न कार्यक्रममा जलेश्वर नगरपालिकाका प्रमुखका उम्मेदवार अशोककुमार साहले आफुहरुको पहिलो एजेण्डा नै विकास भएको बताउदै मणिपाल चिकित्सा कलेजको स्थापनामा पनि उत्तिकै ध्यान दिने बताउनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि