सप्तरीमा झण्डा प्रदर्शनमा होडबाजी
सप्तरी, भदौ २७– आ–आफ्नो पार्टीको झण्डा प्रदर्शन गर्न जिल्लामा होडबाजी नै चलेको छ । दलहरुले एउटै घर, पसल, विद्यालय, धार्मिकस्थल र विद्युत् तथा टेलिफोनका पोलमा दर्जनौँ झण्डा राखिदिएका छन् । एउटा दलले राखेको ठाउँमा अर्को दलले पनि झण्डा राखिदिने गरेका छन् । यतिमात्र होइन एउटै गाडीमा समेत फरक–फरक दलको झण्डा फहराइरहेको दृश्यसमेत देखिन थालेको छ […]