• होमपेज
  • देश
  • भरतपुर महानगर सरसफाइमा कस्सिए दुई युवा

भरतपुर महानगर सरसफाइमा कस्सिए दुई युवा

  • बिहिबार, भदौ २९, २०७४
भरतपुर महानगर सरसफाइमा कस्सिए दुई युवा

चितवन,भदौं २९-

भरतपुर महानगरपालिकाको समन्वयमा लंकूका दुई युवाले सरसफाइ अभियान चलाएका छन् ।

नारायणगढबजार तथा भरतपुर क्षेत्रमा फोहोर बढ्दै गएकोले सुन्दर र सफा नगर बनाउनका लागि आफैँबाट सरसफाइ अभियान सुरू गरेका हुन् । लामो समयसम्म वैदेशिक रोजगारका क्रममा विदेश बसेर फर्केका युवाहरूले भरतपुर नारायणगढलाई पूर्णरूपमा सरसफाइयुक्त नगर बनाउने उद्देश्यले अभियान चलाइएको अभियन्ता मदन सापकोटाले बताए ।

सरसफाइका लागि महानगरसँग सल्लाह गरेर विगत पाँच दिनदेखि नारायणगढको पुलचोकबाट सरसफाइ थालेको उनले बताए ।पुलचोकदेखि पूर्व–पश्चिम राजमार्गअन्तर्गत भरतपुरको केन्द्रीय बस टर्मिनलसम्म सरसफाइ गर्ने योजना रहेको उनको भनाइ छ । ‘हामी जतिसुकै समय लागे पनि पुलचोकदेखि बसपार्कसम्म पूर्णरूपमा सरसफाइ गरेरै छाड्छौँ,’ उनले भने, ‘हामी हाम्रो नगरलाई पूर्णरूपमा सरसफाइ भएको हेर्न चाहन्छौँ ।’

सबैले नगरपालिकालाई मात्रै दोष दिने गरेकोले स्थानीयबाटै कामको सुरूवात गर्नुपर्ने सन्देश दिनको लागि दुईजनाबाट मात्रै भए पनि अभियान चलाइएको अर्का अभियन्ता लक्ष्मण कँडेलले बताए । भरतपुर नारायणगढ क्षेत्रमा रहेका विभिन्न क्लब तथा संघसंस्थाहरूले पनि आफ्नो घरअगाडि आफैँले सरसफाइ गरेर सुन्दर र सफा नगर विकासका लागि अगाडि बढ्न उनले आग्रह गरे । साथै भौतिकरूपमा सहयोग गर्न पनि उनले सम्पूर्ण टोलबासी तथा सम्बन्धित संघसंस्थालाई आग्रह गरे । कार्यक्रममा भरतपुर महानगरपालिकाले पनि एउटा ट्याक्टरसहित पाँच जना कर्मचारीलाई सरसफाइमा खटाएको छ ।

टोलीले कुचो लगाएर बजार क्षेत्रमा भएका फोहोर उठाएका छन् । साथै सडक छेउमा थुप्रिएर जम्मा भएका माटो तथा इँटाका टुक्राहरूसमेत उठाएका छन् । यसरी सबैले हातमा हात र साथमा साथ दिए सुन्दर र सफा नगरको रूपमा विकास हुन समय नलाग्ने भरतपुर महानगरपालिकाले विश्वास लिएको छ । साथै टोलीले सडक डिभिजनलाई पनि पिच उप्किएका स्थानहरूमा टालेरै भए पनि समयमै मर्मत गर्नका लागि दबाब दिएको छ ।

सडक डिभिजन कार्यालयले पनि दशैँअघि नै मर्मत गर्ने बचन दिएको अभियन्ता कँडेलले बताए । तर, भरतपुर महानगरपालिका र सडक डिभिजन कार्यालय सकारात्मक भए पनि जिल्ला प्रशासन कार्यालयबाट भने खासै सहयोग नपाएको उनीहरुले गुनासो गरे । चितवनपोष्ट दैनिकवाट साभार

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा