• होमपेज
  • समाचार
  • कांग्रेसको पुच्छर नसमाई माओवादी र मधेशी दलले केही गर्न सक्दैनन्ः महामन्त्री कोइराला

कांग्रेसको पुच्छर नसमाई माओवादी र मधेशी दलले केही गर्न सक्दैनन्ः महामन्त्री कोइराला

  • बिहिबार, भदौ २९, २०७४
कांग्रेसको पुच्छर नसमाई माओवादी र मधेशी दलले केही गर्न सक्दैनन्ः महामन्त्री कोइराला

बीरगंज, भदौ  २९ –

नेपाली काग्रेसका महामन्त्री ले नेपाली कांग्रेस विना मधेशी दल र माओवादी केन्द्रले केही गर्ने हैसियत नराख्ने बताउनुभएको छ । बीरगन्जका चुनावी सभामा उहाँले मधेशी दलहरु र माओवादी केन्द्रको हैसियत नेपाली कांग्रेसको पुच्छर समाएर बैतरणी पार गर्ने मात्र रहेको बताउनुभएको हो । ‘यी सबै मधेशी दल र माओवादीहरुको एक्लै केही काम गर्ने हैसियत छैन, नेपाली कांग्रेसको पुच्छर समाएर बैतर्णी पार गर्नेमात्र हो’ उहाँले भन्नुभयो ।

नेपाली कांग्रेसमात्र मधेशी पक्षधर पार्टी भएको भन्दै तर मधेशका मसिया भन्ने मधेशवादी दल र माओवादीसँग अव कुनै शक्ति नभएको र समाप्तीको बाटोमा लागेको बताउनुभएको हो । कांग्रेससँग मिलेर माओवादी केन्द्रले आफ्नो हैसियत देखाउन खोजेको भन्दै त्यो बाहेक केही गर्न नसक्ने बताउनुभयो ।

मधेशी दलका नेताहरुले सोझा जनतालाई आन्दोलनमा होमेर आफुहरु काठमाडौंमा बसेको भन्दै उनीहरुलाई मत नदिन आग्रह गर्नुभयो । ‘मधेशी दल र माओवादी केन्द्रबाट मधेशको बिकास संभव छैन, एमाले मधेशबिरोधी नै हो, कांग्रेसले मात्र बिकास गर्छ, प्रजातन्त्रको रक्षा गर्छ । त्यसैले मत पनि कांग्रेसलाई मात्र दिनुहोस’ उहाँले भन्नुभयो ।

आफ्ना पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई माओवादी केन्द्र र मधेशवादी दलले समर्थन गरेपनि कोइराला भने उनीहरुको कडा आलोचनमा उत्रनुभएको हो ।

Facebook Comments

सम्बन्धित समाचार