• होमपेज
  • समाचार
  • जनकपुरमा भोट माग्ने क्रममा कांग्रेस नेता निधि बेहोस भएपछि….

जनकपुरमा भोट माग्ने क्रममा कांग्रेस नेता निधि बेहोस भएपछि….

  • बिहिबार, भदौ २९, २०७४
जनकपुरमा भोट माग्ने क्रममा कांग्रेस नेता निधि बेहोस भएपछि….

जनकपुरधाम,भदौं २९-

नेपाली कांग्रेसका नेता एवम् पूर्व उप्रधानमन्त्री विमलेन्द्र निधि भोट माग्दा माग्ने क्रममा बेहोस भएका छन्।

असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि आफ्नो पार्टीको उम्मेदवारलाई जिताउन जनकपुरमा विहीबार रोड शोको अगुवाई गर्दै गर्दा निधि एक्कासी बेहोस भएका थिए। अत्यधिक गर्मी र भिडभाडका कारण निधिको स्वास्थ्य अवस्था बिग्रिएको थियो।

उच्च रक्तचाप र मधुमेहका बिरामी निधिलाई गर्मीका कारण असहज भएर चक्कर आएपछि कार्यकर्ताहरुले सम्हालेका थिए। उनलाई तत्कालै जनकपुर अञ्चल अस्पताल लगिएको थियो।

अस्पतालमा करिब एक घण्टासम्म स्वास्थ्यउपचार गरेपछि चिकित्सकले अवस्था सामान्य भएको भन्दै आराम गर्न सुझाव दिएका छन्। अहिले निधि अस्पतालबाट जनकपुरस्थित सीता प्यालेश होटलमा आराम गरिरहेको आफन्तले जानकारी दिएका छन्।

पछिल्लो एक सातादेखि निधि आफ्नो गृहजिल्लामा चुनावी माहौल बनाउन दिनरात सभा, गोष्ठी गर्दै आएका छन्। उनी घरदैलो कार्यक्रममा समेत सहभागि भएको हुनाले दौडधुप बढि नै भएर स्वास्थ्य अवस्था बिग्रिएको चिकित्सकले बताए।

Facebook Comments

सम्बन्धित समाचार