• होमपेज
  • समाचार
  • माओवादी केन्द्र,मुगुले तोक्यो प्रदेश र संघका उम्मेदवार

माओवादी केन्द्र,मुगुले तोक्यो प्रदेश र संघका उम्मेदवार

  • बिहिबार, भदौ २९, २०७४
माओवादी केन्द्र,मुगुले तोक्यो प्रदेश र संघका उम्मेदवार

मुगु,भदौं २९-

नेकपा (माओवादी केन्द्र)ले आगामी मंसिर १० गते हुने प्रदेश तथा संघको निर्वाचनमा मुगु जिल्लाबाट उठ्ने उम्मेदवारहरूको टुंगो लगाएको छ। माओवादी जिल्ला कमिटी मुगुको गत २५ गतेदेखि जिल्ला सदरमुकाम गमगढीमा बसेको बैठकले प्रदेश तथा संघका उम्मेदवारको टुंगो लगाएको हो ।

तीन दिनसम्मको छलफलमा पार्टीमा गरेको योगदान, जनप्रियता र चुनाव जित्न सक्ने हैसियतको यकिन गरी उम्मेदवारको टुंगो लगाइएको माओवादी केन्द्रले जनाएको छ । केन्द्रका अनुसार प्रत्यक्षतर्फ संघमा मंगलबहादुर शाही, प्रदेशमा क्षेत्र नं १ मा केबलबहादुर मल्ल, क्षेत्र नं २ मा राजु कार्की, समानुपातिकतर्फ संघमा अजबहादुर शाही, प्रदेशमा लालचन्द्र विक र बाँचु धामीलाई सर्वसम्मत रुपमा उम्मेदवार बनाइएको छ ।

जिल्लामा मुख्य प्रतिष्पर्धामा रहेका नेपाली काँगे्रस, नेकपा एमाले र माओवादीमध्ये माओवादीले सबैभन्दा पहिला आफ्ना उम्मेदवारको टुंगो लगाएको छ भने एमालेले छलफल चलाइरहेको छ । एमाले स्रोतका अनुसार तीनरचार दिनभित्र उम्मेदवारको टुंगो लागिसक्नेछ ।

काँग्रेसले भने उम्मेदवार छनोटको सुरसार गरेको छैन । काँग्रेस मुगुका सभापति खड्कबहादुर शाही अन्य पार्टीबाट उम्मेदवार तय भएपछि आफूहरूले उम्मेदवार टुंगो लगाउने बताउँछन्। रासस

Facebook Comments

सम्बन्धित समाचार