• होमपेज
  • समाचार
  • दुई बालकलाई अप्राकृतिक मैथुन गराउने युवक पक्राउ

दुई बालकलाई अप्राकृतिक मैथुन गराउने युवक पक्राउ

  • बिहिबार, भदौ २९, २०७४
दुई बालकलाई अप्राकृतिक मैथुन गराउने युवक पक्राउ

चितवन,भदौं २९-

प्रहरीले दुई बालकलाई अप्राकृतिक मैथुन गराउने एक युवक पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिइएको हो। भरतपुर महानगरपालिका–१ का २२ वर्षीय विवेक खतिवडालाई सात र चार वर्षीय बालकलाई अप्राकृतिक मैथुन गराएको अभियोगमा पक्राउ गरिएको हो।

यसैगरी जबरजस्ती करणी गरेको अभियोगमा चार वर्षअघि बालिका बलात्कार गरी फरार रहेका माडी नगरपालिका–८ का चोकनारायण श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ। निजले २०७० माघ ११ गते स्थानीय चार वर्षीया बालिकालाई ललाइफकाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका खतिवडालाई मुलुकी ऐन जबरजस्ती करणीको महलअन्तर्गत अनुसन्धान कारबाही भइरहेको सो अवसरमा जानकारी दिइयो।

Facebook Comments

सम्बन्धित समाचार